शेख हसिना भन्छिन्- अमेरिकाले मागेको टापु नदिँदा मुलुकबाट लखेटिनुपर्यो

२९ साउन, काठमाडौँ । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको कारण देश छाड्नुपर्ने अवस्था आएको बताएकी छन् । अगष्ट ५ मा पदबाट राजीनामा दिएलगत्तै सैन्य विमानमा भारत पुगेकी हसिनाले पहिलो पटक मिडियासँग बोल्दै आफू देशबाट लखेटिनुको कारण विद्यार्थी आन्दोलन नभएको बताइन् ।

सेन्ट मार्टिन टापु र बंगालको खाडीमा अमेरिकाले आफ्नो एयरफोर्स राख्न चाहेको र तर आफूले नमानेको हसिनाको दाबी छ । भनिन्, ‘यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकाको लागि छाडिदिएको भए म अहिले पनि सत्तामा रहिरहन्थेँ ।’

हसिनाले विद्यार्थी आन्दोलन अमेरिकी शक्तिद्वारा परिचालन भएको जिकिर गरेकी छन् । मुलुकले थप क्षति व्यहोर्न नपरोस् भनेर आफूले राजीनामा दिएको उनको ठम्याई छ । ‘सायद म आज देशमै भइरहेको भए अझै थप मानिसको ज्यान जान्थ्यो, जसमा धेरै विद्यार्थी र अवामी लिगकै कार्यकर्ता हुन्थे’, उनले स्पष्ट पारिन् ।

आफू चाँडै बंगलादेश फर्कने विश्वास गर्दै भनिन्, ‘मैले कहिल्यै मेरो देशको जनताको लागि कुभलो चाहिनँ, तर मेरो विचारलाई तोडमोड गरेर फाइदा उठाइयो, अल्लाहको कृपाले म फेरि बंगलादेश फर्कनेछु ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours