सहकारीको समसामायिक विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ: सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग

२८ साउन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीकोसमसामायिक विषयमा जानकारी गराएको छ ।

महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने रदिर्घकालिन रुपमा गर्नुपर्ने विषयमा जानकारी गराएकी थिइन्। प्रधानमन्त्री ओलीले सहकारीलाई विशेष महत्व दिएर जाने बताउदै योविषयमा छलफल गर्ने बताए ।

महासंघका अध्यक्ष मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षणकोष गठन गर्ने विषय तत्काल कार्यन्वयन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।

त्यसैगरी सहकारीलाई सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमनअनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने उनको भनाई छ । उनले सहकारी प्रबर्धन कोषलाई परिचालन गर्न सकेमा महासंघ बलियो हुनेबताइन् ।त्यसैगरी सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुस्प्रचार फैलाएका कारण समेत समस्या आएकाले अहिले सडकदेखिसदनसम्म सहकारीको विषय उठेको बताउनुभयो । सहकारीको पुँजी परिचालन गर्नका लागि करिब ४७ वटा ऐन बाधक रहेकालेतीनीहरुको संशोधन गर्नुपर्ने उनको माग छ ।

पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीको विषयमा प्रधानमन्त्री, अर्थ मन्त्री र भूमि व्यवस्था, सहकारी तथागरिवी निवारण मन्त्रीलाई एकै ठाउँमा राखेर विशेष अन्तक्रिया गर्नुपर्ने, तीनवटै तहका सरकारलाई सहकारीको विषयमा संविधानमाउल्लेख भएको विषयलाई समावेश गरेर निर्देशन गर्नुपर्ने, केहि नेपाल ऐन संशोधनमा सहकारीलाई नचिन्ने ऐनहरु सशोधन गर्नुपर्ने रसहकारी ऐन २०७४मा उल्लेख रहेका कर्जा असुली न्यायधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष तत्कालकार्यन्वयन गर्नुपर्ने भएको भन्दै सरकारसँग विशेष अनुरोध गरे । महासंघका पुर्व अध्यक्ष तथा पूर्व राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटालेसहकारीको विषयमा राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंकसहितको छलफल आवश्यकता रहेको औल्याए । महासंघकानिवर्तमान अध्यक्ष मिनराज कडेलले सहकारी ऐनका प्रावधान कार्यन्वयन गर्न सकेको खण्डमा सहकारीका चुनौती समाधान हुने बताए।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षद्वय डिबी बस्नेत, इन्दिरा पन्त, महासंघका संचालकहरु, टेकप्रसादचौलागाई, काशिरचन्द्र बराल, परितोष पौडेल, प्रेम सुवेदी, सुमन नेपाल, लेखा समिति सदस्य हेमकुमारी अधिकारी, नेफ्स्कुनकाअध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक सिता ढकाल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाई, महासंघका महाप्रबन्धकचित्राकुमारी थाम्सुहाङ सुब्बा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागायं, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, कास्कुनका अध्यक्ष दिपकपनेरु, धुर्व रायमाझीलगायत रहेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours