पेरिस ओलम्पिक : ब्राजिललाई पराजित गर्दै अमेरिकालाई महिला फुटबलको स्वर्ण

२८ साउन, काठमाडौं । अमेरिकाले पेरिस ओलम्पिकमा महिला फुटबलमा स्वर्ण पदक जितेको छ ।

गएराति सम्पन्न फाइनलमा ब्राजिललाई १-० ले पराजित गर्दै अमेरिकी महिला टोली विजयी भएको हो। यसअघि ब्राजिल २००४ र २००८ को फाइनलमा पनि अमेरिकासँगै पराजित भएको थियो ।

पार्क डेस प्रिन्सेसमा ब्राजिलले सुरुवाती अग्रता बनाउने प्रयास गरेपनि सफल हुन सकेन । लुडमिलाको प्रहारले जाली चुमेपनि उनी अफसाइड हुँदा गोलको मान्यता पाउन सकेन ।

अमेरिकाको म्यालोरी स्वानसनले ५७औं मिनेटमा गोल गर्दै डेडलक तोडिन् । कोर्बिन अल्बर्टको थ्रुबलमा स्वानसनले सहजरुपमा गोल गरेकी हुन् । ब्राजिलले अतिरिक्त समयमा केही अवसर बनाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

यससँगै अमेरिकाले पाँचौ पटक महिला फुटबलमा स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएको छ । यसअघि अन्तिम पटक लन्डन ओलम्पिक २०१२ मा स्वर्ण जितेको अमेरिकाले जर्मनी, क्यानडा र नर्वेलाई पछि पार्दै कीर्तिमान बनाएको हो । यी तीनवटै देशले ओलम्पिकको महिला फुटबलमा ४-४ पटक स्वर्ण जितेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours