महालक्ष्मी विकास बैंकले लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

२८ साउन, काठमाडाैं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता\डिलर अरेत ईन्टरनेशनल प्रालिबीच ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने समझदारी भएको छ ।

जस मार्फत बैंकका ग्राहकले टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमा कर्जा पाउने छन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours