हिमालयन बैंकको ललितपुरको जाउलाखेल शाखा र धनुषाको जनकपुर शाखा स्थानान्तरण

२८ साउन, काठमाडाैं । हिमालयन बैंक लिमिटेडले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

जाउलाखेल शाखालाई साविकको स्थानबाट ललितपुर महानगरपालिका-२७ को सुनाकोठीमा स्थानान्तरण गरिएको छ भने जनकपुर शाखा – २ लाई धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा स्थानान्तरण गरिएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले सुनाकोठी शाखाको शुभारम्भ गरेका हसन् भने बैंकका मधेश प्रदेश शाखा प्रमुख सागर कुमार रेग्मीले पिडारी चोक शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति थियो ।

हाल बैंकले नेपालभर फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ७२ एटीएम,६ हजार ५ सयभन्दा बढी पीओसी टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours