दर्शक माझ लोकप्रिय बन्दै गायक तिवारीको तिज गित ´झुम्काना`

साउन २८,काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक खेमराज तिवारीले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर यस बर्ष आफ्नो नयाँ कोशेली´ झुम्काना बजारमा ल्याएका छन् ।

रमेश परियारको शब्द संगित एवम् गायिका सुस्मा बिश्वकर्मा र खेमराज तिवारीको सुमधुर स्वर रहेको सार्वजनिक गितको भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन् ।

उक्त गितको भिडियोमा अशोक बिक र जुना बिश्वकर्माको अभिनय देख्न सकिन्छ। सो गितको भिडियोलाई महेश महराले छायांकन र प्रबिन भट्टले सम्पादन गरेका छन् ।
´झुम्काना` बोलको यस गितलाई एआर इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

गायक तिवारी बिगत ढेड दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर गायन संगै अभिनयमा पनि उतिकै सक्रिय छन्। पछिल्लो समय लोक गितमा देखिएको विकृति र सो शैली भन्दा फरक तरिकाले आफ्नो मौलिकता जोगाउन नेपाली रहनसहन संगै संस्कृतिको जगेर्ना गर्ने हिसाबले  सांगीतिक क्षेत्रमा काम गर्दै आएका छन् । उनको ´चौबन्दीको तुना, ´यो बैसले आतिने भएको छुतिम्रो जवानीले,तिम्रै झल्को आउँछ , लगाएत दुई दर्जन भन्दा सफल गित हामीले हेर्न र सुन्न सक्छौ ।

हेर्नुहोस्  सार्वजनिक गितको पूरा भिडियो….

You May Also Like

More From Author

+ There are no comments

Add yours