सोमबार सुनको भाउमा गिरावट

२८ साउन, काठमाडाैं । सोमबार सुनको भाउ सामान्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७०० रुपैयाँ बढेको सुनको भाउ सोमबार १०० रुपैयाले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४३१ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours