२८ साउन, काठमाडाैँ । कोरियन अटो निर्माता कियाले भारतमा कार उत्पादन थालेको ५ वर्ष पुरा हुँदै छ । कार निर्माताले ५९ महिनाभन्दा कम अवधिमा १० लाख यूनिट कार भारतमा बिक्री गरेर नयाँ माइलस्टोन हाँसिल गरको जनाएको छ । यससंगै किया इन्डिया सबैभन्दा ठिछो उक्त माइलस्टोनमा पुग्ने कार निर्माताका बनेको छ ।
सन् २०१९ मा किया सेल्टोसबाट उत्पादन थालेको कियाले हाल सोनेट र क्यारेन्स सहति तीनवटा मोडलका एसयूभी उत्पादन गर्दै आएको छ । यी तीन मोडलमा सबैभन्दा बढि सेल्टोसले ४८ प्रतिशत हिस्सा ओगटेको छ भने सोनेटको ३४ र क्यारेन्सको हिस्सा १६ प्रतिशत छ ।
यी तीन मोडलमा पनि टप ट्रिमको बिक्री सबैभन्दा बढी ४२ प्रतिशत रहेको कम्पनीले जनाएको छ । म्यानुअल, अटोमेटिक र आईएमटी गरी कुल तीनवटा ट्रान्समिसन विकल्पसहित कियाका कारहरु उपलब्ध छन् ।
जसमा अटोमेटिकले ३२ प्रतिशत, आईएमटीले १५ र म्यानुअलले ५३ प्रतिशत हिस्सा ओगट्ने कम्पनी भनाई छ । अटोमेटिकमा ट्रान्समिसनमा पनि आईभीटी, ६एटी र ७डिसिटी गरी तीनवटा विकल्प पाउन सकिन्छ । कम्पनीको पेट्रोल र डिजेल अनुपात हाल ५९ र ४१ प्रतिशत मा कायम छ ।
उत्पादनको पहिलो वर्षमा कियाले भारतमा ४५ हजार २२६ यूनिट कार बिक्री गरेको थियो । यसैगरी, २०२० मा १ लाख ४० हजार ५०५ यूनिट, २०२१ मा १ लाख ८१ हजार ५८३ यूनिट, २०२२ मा २ लाख ५४ हजार ५५६ यूनिट तथा २०२३ मा २ लाख ५५ हजार यूनिट कार बिक्री गरेको गर्न सफल भयो । कम्पनीले चालु वर्षको सात महिनामा १ लाख ५० हजार यूनिट किया कार बिक्री गरेको जनाएको छ ।
कियाले भारतमा उत्पादित जकारहरु एकसय भन्दा देशमा निर्यात गर्दै आएको छ । कार निर्माताले हालसम्म २ लाख ६० हजार भन्दा बढी कार निर्यात गरिसकेको छ ।
कियाका कार नेपाली बजारमा समेत लोकप्रिय मानिन्छन् । भारतमा उत्पादन भएका सेल्टोस, सोनेट र क्यारेन्स तीनवटै मोडल नेपाली बजारमा बिक्री हुँदै आएका छन् ।
+ There are no comments
Add yours