युक्रेनको आक्रमणमा परी रुसका १३ जना घाइते

२८ साउन, मस्को । रुसको कुस्रक क्षेत्रमा युक्रेनको आक्रमणमा परी १३ जना घाइते भएका छन् । उक्त घटनामा दुई जनाको अवस्था गम्भीर रहेको कुस्रक क्षेत्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा उनीहरू घाइते भएको स्मिरनोभले बताए । उक्त भवनको संरचनामा भने उल्लेखनीय क्षति नपुगेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उक्त क्षेत्रबाट हालसम्म १५ जनाको उद्धार गरिएको जनाइएको छ ।

युक्रेनी सेनाले क्राइमियाको तट नजिकै ‘ब्ल्याक सि’मा उच्च गतिको रूसी केएस–७०१ डुङ्गा नष्ट गरेको युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालयले जनाएको छ । युक्रेनी सेनाले १८ वटा रूसी जहाजमाथि आक्रमण गरेको र मागुरा भी–५ सहित नौ वटा जहाज नष्ट गरेको दाबी गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours