गुगल प्लेस्टोरबाट गायब भयाे इसेवा, के प्रयोगकर्ताको रकम र डाटा दुवै जोखिममा छ ?

२७ साउन काठमाडौँ । केही दिनअघि गुगल प्लेस्टोर बाट गायव भएको ईसेवा पुनः फर्किएको छ । सुरक्षा कमजोरी देखेपछि प्लेस्टोबाट हटाएको गुगलले इसेवालाई प्ले स्टोरमा पुनः फिर्ता गरेको हो हाल प्ले स्टोरमा ‘सर्च’ गर्दा इसेवाको एप्लिकेसन भेटिन्छ । तर, केही दिन गायव ‘भएर फर्किएको इसेवा प्ले स्टोरमा पुनःहराउने पक्का छ ।

यसौ त गुगलले इसेवामा सुरक्षा कमजोरी देखेपछि इसेवालाई प्ले स्टोरबाट हटाएको थियो । तर गुगलले देखेका सुरक्षा कमजोरी पूर्ण रुपमा समाधान नभई इसेवा प्ले स्टोरमा फर्किएकाले इसेवा प्ले स्टोरमा पुनः हराउन सक्ने पक्का देखिएको जानकारहरु बताउँछन्।

यसरी पटकपटक प्लेस्टोरबाट हराइरहने इसेवामाप्रयोगकर्ताको पैसा र विवरण दुवै जोखिममा भएको साइबर जानकारहरुको दाबी छ । यसै पनि इसेवामा एउटा नामको आईडी अरकैंको नागरिकताबाट भेरिफाइ भएको, पैसा आफैहराएको लगायतका घटना यसअधि बाहिर नआएका भने हाेईनन् ।

यता इसेवाले भने सूचना नै जारी गरेर सुरक्षाकमजोरी देखेर गुगलले एप हटाउँदा इसेवाले भने इसेवा प्रा ली इसेवा लिमिटेडमा परिणत भएसँंगै गुगल प्लेस्टोर र डियुएनएस (डाटा युनिभर्सल नम्बरिङ्ग सिस्टम) मा अपड़ेट गर्ने क्रममा रहेकोले हालका लागि इसेवा प्लेसटोरबाट हटेको दाबी गरेको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours