आइतबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढ्यो

२७ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४३१ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४६ पैसामा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours