एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि, कुन सूचक कस्ता ?

२७ साउन, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.३८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours