अशम्भव राजतन्त्र पुनर्स्थापना

जगदिश्र्वर थापा

२७ साउन, काठमाडाैँ ।
आफ्नो निजि स्वार्थ र आकांक्षा पुरा गर्न झापातिरका विवादास्पद छवि भएका व्यापारी दुर्गा प्रसाइ एमाले पार्टीभित्र रहेर आफ्नो राजनितिक छवि बनाउन चाहन्थे, जब एमालेले उनलाइ चुनावमा आफ्नो क्षेत्रबाट टिकट दिएन त्यस्पछि उनि केपि वली समूहको सेखी झार्न राजालाइ समर्थन गरेको देखाउन थाले । दृश्यमा देखियो यो, तर नेपथ्यमा राजतन्त्र समर्थकलाइ हाल एक्लो राजसंस्थावादी पार्टी राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट विभाजित गराएर राजसंस्थावादीबिचमै प्रतिस्पर्धा गराउने अप्रत्यक्ष रणनितीमा दुर्गा अहिले पनि एमाले र केपि वलीकालागि काम गरिरहेका छन् कांग्रेससंग चिढिएका र राजेन्द्र लिंगदेनको जनाधारलाइ बेलैमा व्यवस्थापन गर्न सकियो भने केपि वलिलाइ अर्को चुनावमा पनि कसैले पनि हराउन सक्दैन भन्ने स्वार्थबाट केन्द्रित छ । अर्को तिर सरकारले हाल पूर्वमाओवादीलाइ दिन लागेको पैसाको बिरोध गरे भोली आफैलाइ असर पर्न सक्छ भनेर नियोजित रूपमै जनमानसको ध्यान त्यताबाट तानेर अन्तै लैजान राजसस्थाको बिरूद्धमा बोलिदए, चेतावनि दिएर ज्ञानेन्द्रलाइ थर्काउँदै भने “तिमीलाइ धेरै छुट दिएका छौं, छोराबुहारी अघि सारेर धेरै फुरफुर नगर” यो हो अहिलेको वर्तमान परिदृश्य । 

बेलाबेला गणतन्त्रवादी राजनीतिज्ञहरू राजसंस्थालाइ विवादमा तानेर जनताको ध्यानाकर्षण गर्न राजा ज्ञानेन्द्र वा अन्य राजसंस्था समर्थक व्यक्तित्वको आलोचना वा नकारात्मक टिप्पणी गर्न थाल्छन्। यो राजनीतिज्ञहरूले आफ्नै कमजोरी र असफलताहरूबाट ध्यान हटाएर अरू कसैमा ध्यान केन्द्रित गर्न प्रयोग गर्ने सामान्य रणनीति हो, जसअनुसार बेला कुबेला आफ्ना समर्थकहरूबीच एकताको भावना जगाउन र राजनीतिक लाभ उठाउनका लागि राजसंस्था सम्बन्धित नकारात्मक टिप्पणीहरू प्रयोगमा अउँछन् । यसबाहेक, राजनीतिक नेताहरू जनताप्रति जवाफदेही छैनन् र जनताको हितमा छैनन् भन्ने भाव जनतामा गएमा अफ्नो धरातल सकिन्छ भनेर राजा वा अन्य कुनै नेताको आलोचना समावेश हुने गर्छ।

जसले जनताको वास्तविक हितमा काम गर्छ उस्ले कसैको आलोचना गर्नै पर्दैन । राजनीतिक आलोचना व्यक्तिगत आक्रमण वा आधारहीन आरोपको सट्टा रचनात्मक र तथ्यमा आधारित हुनुपर्छ भन्ने कुराको थोरै ज्ञान पनि छैन कसैसंग ।

सन् २००८ मा राजतन्त्र उन्मूलन नभएसम्म नेपाल अधिराज्यमा २४० वर्षभन्दा बढी समयसम्म शासन गरेको राजतन्त्रले पुनर्स्थापित अवस्थामा नेपाल राम्रो हुने मुद्दा लिएर राजनितिक मैदानमा देखिएको राष्ट्रीय प्रजातन्त्र पार्टीले नेपालमा राजतन्त्रको पुनस्र्थापनाको अपरिहार्यता देख्छ । उस्का देखाएका राजतन्त्रको महत्वका अनेक कारणहरू छन् ।

ऐतिहासिक महत्व

राजतन्त्र शताब्दीयौंदेखि नेपालको इतिहास र संस्कृतिको अभिन्न अंग हो। नेपालमा शासन गर्ने शाह वंशले देशको राजनीतिक, सामाजिक र सांस्कृतिक परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको थियो। राजतन्त्रले छिमेकी राष्ट्रहरूको उपनिवेश भएको समयमा नेपालको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्न मद्दत गर्‍यो।

स्थिरता र एकता

राजतन्त्रको पुनर्स्थापनाको सबैभन्दा महत्त्वपूर्ण कारण भनेको स्थिरता र एकता हो। राजतन्त्रको अन्त्य भएदेखि नै नेपाल राजनीतिक अस्थिरता र विभाजनसँग लडिरहेको छ । देशले सरकारमा धेरै परिवर्तनहरू देखेको छ, र प्रत्येक नयाँ सरकार महत्त्वपूर्ण परिवर्तन ल्याउन वा देशका समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न असफल भएको छ। राजतन्त्रको पुनस्र्थापनाले देशमा स्थायित्व ल्याउन र नेपाली जनतालाई एकताबद्ध बनाउन मद्दत गर्न सक्छ ।

प्रतीकात्मक मान

नेपालमा राजतन्त्रको महत्वपूर्ण प्रतीकात्मक मूल्य छ। शाह वंशलाई आज पनि धेरै नेपाली जनताले सम्मान गर्छन् र राजतन्त्रलाई राष्ट्रिय एकता र सार्वभौमसत्ताको प्रतीकका रूपमा हेर्छन्। राजतन्त्रको पुनर्स्थापनाले राष्ट्रिय स्वाभिमान र पहिचानलाई पुनर्स्थापित गर्न मद्दत गर्नेछ।

आर्थिक लाभ

राजतन्त्रको पुनर्स्थापनाको अर्को महत्त्वपूर्ण कारण आर्थिक लाभ हो। राजतन्त्रको अन्त्य भएपछि नेपालको प्रदेशिक सरकारको संरचना अनुसारको व्यवश्थापनले धेरै खर्च गराएको छ।

चेक र ब्यालेन्स

राजतन्त्रको पुनर्स्थापनाले देशको राजनीतिक साझा प्रणालीमा नियन्त्रण र सन्तुलनको प्रणाली स्थापना गर्न पनि मद्दत गर्न सक्छ। राजतन्त्रले एक तटस्थ पार्टीको रूपमा काम गर्न सक्छ, सरकारका कार्यहरूको निरीक्षण गर्न र उनीहरू नेपाली जनताको हितमा छन् भनी सुनिश्चित गर्न सक्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा राजतन्त्रको पुनर्स्थापनाले देशका लागि धेरै फाइदाहरू ल्याउन सक्छ। यसले स्थायित्व, एकता र राष्ट्रिय गौरवका साथै आर्थिक लाभ र नियन्त्रण र सन्तुलनको प्रणाली ल्याउन मद्दत गर्न सक्छ भन्ने देखेपनि राजतन्त्रको पुनर्स्थापना नेपाली गणतन्त्रिक नेता र समर्थक साथै जातिय वर्चश्वको देखाउन प्रयोग भइरहेका जनतामा कदापी लोकप्रिय हुँदैन।

एक दशक लामो माओवादी जनयुद्ध गराइएपछि राजतन्त्रको पतन भएको नेपालको लामो र जटिल इतिहास छ। यति हुँदाहुँदै पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा राजतन्त्र पुनर्स्थापना का लागि वर्षौंदेखि प्रयास गरिरहेको छ । तर, त्यसो हुन नसक्नु र नेपालको राजनीतिमा पश्चिमा देश र भारतको निहित स्वार्थ हुनुका थुप्रै कारण छन् ।

सबैभन्दा पहिले, शक्तिको दुरुपयोग र भ्रष्टाचारका कारण नेपालको राजतन्त्र समाप्त भएको भन्ने देखाइएको छ । नेपालको अन्तिम राजा ज्ञानेन्द्रको अधिनायकवादी शासनको जुन मानवअधिकार उल्लङ्घन, मिडिया सेन्सरशिप र राजनीतिक दमनको लागि व्यापक आलोचना भएको थियो। तसर्थ, राजतन्त्रको पुनर्स्थापना गर्ने कुनै पनि प्रयासलाई लोकतान्त्रिक व्यवस्थाको सुख, सुविधा र शक्ति उपभोग गरिरहेका नेता, समर्थक र उनिहरूलाइ प्रयोग फाइदा लिइरहेका पक्षहरूबाट कडा प्रतिरोध हुनेछ।

दोस्रो, राप्रपा नेपालमा अल्पसंख्यक पार्टी हो, जसमा जनताको सीमित समर्थन छ। राष्ट्रवादी र धार्मिक शब्दावली प्रयोग गरेर लोकप्रियता हासिल गर्ने प्रयास गरे पनि पार्टीले उल्लेख्य संख्यामा मतदातालाई आकर्षित गर्न सकेको छैन। यसबाहेक, राप्रपाको एजेन्डा गरीबी, असमानता र भ्रष्टाचार जस्ता मुद्दाहरूमा बढी चिन्तित बहुसंख्यक नेपालीहरूको आकांक्षासँग मेल खाँदैन।

तेस्रो, राजतन्त्रको अन्त्य भएदेखि नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ । मुलुकमा अहिले सात प्रदेशसहितको संघीय शासन प्रणाली छ र समावेशीता र विविधतामा अन्तराष्ट्रिय लगानी छ । राजतन्त्रको पुनस्र्थापना लोकतन्त्रको दृष्टिले एक कदम पछि हट्ने मात्र होइन, थप समावेशी र समतामूलक समाज निर्माणको दिशामा भएको प्रगतिलाई पनि कमजोर बनाउँछ भन्ने भाष्य तल्लो जनस्तरसम्म पुर्याइएको छ ।

चीन र भारतबीचको रणनीतिक स्थानका कारण नेपालको राजनीतिमा पश्चिमी मुलुक र भारतको निहित स्वार्थ छ । नेपाललाई यी दुई महाशक्तिहरू बीचको बफर स्टेटको रूपमा हेरिएको छ, र देशमा कुनै पनि अस्थिरताले क्षेत्रीय सुरक्षामा दूरगामी परिणामहरू निम्त्याउन सक्छ। यसबाहेक, व्यापार र वाणिज्यका लागि पारवहन देशको रूपमा नेपालको महत्त्वलाई अतिरञ्जित गर्न दिँदैन। आफ्नो हित अनुकुलको यस्तो तरल गणतान्त्रिक स्थायित्व होस् जुन यहाँका नेताहरूको माध्यमबाट सधै आफ्नो स्वार्थमा प्रयोग गर्न सकियोस् । त्यसैले देशभित्र राजनितिक अवरणमा उदाएका कथित नेताहरू, निजि र व्यापारिक स्वार्थका लागि समर्थन गर्ने समर्थकहरू, एतिहासिक रिस फेर्न प्रयोग भइरहेका जातिय वर्गिय जनसमूहहरू, धर्म परिवर्तन गराउने र उनका पछिलाग्ने अनुयायीहरू साथै नितिगत र भौगोलिक रूपमा वर्चश्व चहाने देशहरूको स्वार्थबिच राजसंस्थाको पूनर्स्थापना होला भन्ने सपना नदेखे हुन्छ । राजसंस्था बिरोधीले झन् ढुक्क भएर गणतन्त्रको सिरानी हालेर सुत्दा हुन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours