राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा

१० साउन, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१।०४।०३ को निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ । २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गर्नुभएका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गर्नुभएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours