कोभिड अपडेट : एक हजार ९४८ जना सङ्क्रमित थपिए
१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३ सय ८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र तिन हजार १ सय ४० जना संक्रमणमुक्त भएका हुन् । देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् ।
निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ।