Nepal's No. 1 Digital Newspaper

सीसीएमसी बैठकले लकडाउनबारे निर्णय लिएन, सबै देशमा उडान अनुमति दिदै जाने

१० मंसिर, काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले सबै देशहरुमा उडान अनुमति दिदै जाने निर्णय गरेको छ ।

सहदरबारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकहरुमा पनि आवश्यकता अनुसार उडानको अनुमति दिने निर्णय गरेको छ ।

Order Now: 98510-87891

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नियमित उडान स्वीकृति भउका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार विस्तारै नियमित उडान अनुमति दिदै जाने निर्णय भएको जानकारी दिए ।

सीसीएमसीले आज विभिन्न क्षेत्रबाट आएको सुझावहरुबारे छलफल गरेको हो । उपत्यका मेयर्स फोरमले कम्तिमा दुई साता लकडाउन गर्न दिएको सुझावबारे पनि छलफल भएको थियो । तर, लकडाउनबारे कुनै निर्णय भएन ।

बरु कोरोना संक्रमणको उच्च जोखिम रहेको स्थानलाई सिल गरी सुरक्षा उपाय अपनाउनेतर्फ कदम चाल्ने योजनाबारे छलफल भएको बुझिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.