Nepal's No. 1 Digital Newspaper

सेयर बजारमा उत्साह : नेप्से १८ सयमाथि

०९ मंसीर, काठमाडौं । सेयर बजारमा गजब उत्साह देखिएको छ। कारोबार रकम र नेप्से परिसूचकमा निरन्तर उछालसँगै सेयर बजार चम्किएको छ।धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले मंगलबार पनि नयाँ उचाइ कायम गरेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो। नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ। १८०० को मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ताहरू थप उत्साहित भएका छन्।नेप्से सूचक यसअघिको अहिलेसम्मै सर्वाधित उच्च विन्दु १८८१ पुगेको थियो।

Order Now: 98510-87891

निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो।आइतबार र सोमबार मात्रै झण्डै १२ अर्ब बराबरको कारोवार भएको बजारमा मंगलबार पनि कारोवार रकम पाँच अर्ब ४४ करोड बराबरको भएको छ।

नेप्से सूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गर्दै गएकोले लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्‍वास गर्न थालेका छन्।

गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।

मंगलबारको ग्राफ

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ। कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीद बिक्री भए।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये मंगलबार होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ।

होटल ३४.९२ विन्दुले ओरालो लागेको छ। यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बीमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेका छन्।

कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो।

यस्तै नेपाल दूरसञ्चार कम्पनी २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन्।

कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन।

कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९।९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए।

यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.