आज थपिए थप १७९० कोरोना संक्रमित
०९ मंसिर, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा दशहजार ८ सय ४३ वटा नमुनाको आरटी पीसीआरको परीक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । अहिलेसम्म १६ लाख ८१ हजार २९९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरणमा पछिल्लो २४ घण्टामा दुई हजार ७९१ जना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।।
नेपालमा निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।
यो पनि पढ्नुहोस्: