कोरोनाबाट थप २४ संक्रमितको मृत्यु
०९ मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् :