Nepal's No. 1 Digital Newspaper

‘धन्यवाद टेकर’ भन्दै रेसलिङ बाट अन्डरटेकरले लिए सन्यास

०९ मंसीर, एजेन्सी । रेसलिङ लेजेन्ड द अन्डरटेकरले डब्ल्यूडब्ल्यूई युनिभर्सलाई अलविदा भनेका छन् । अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा बिदा लिएका हुन् ।

५५ वर्षका अन्डरटेकरले आइतबार आफ्नो क्यारेक्टर अनुरुपको भावभंगीमा र कस्ट्युमसहित अन्तिम पटक रिङमा कदम राखे ।

Order Now: 98510-87891

उद्घोषणकले रिङमा आएर अन्डरटेकरको बिदाईको घोषणा गरे । त्यसपछि अन्डरटेकर रिङमा शानदार तरिकाले प्रवेश गरे । उनले आफ्नो करियरबारे कुरा गरे । साथै, आफ्नो समय आइसकेको पनि बताए ।

प्रशंसकले ‘धन्यवाद टेकर’ भन्दै उनलाई विदाई दिए । यतिबेला टेकर आफू पनि भावुक भएका थिए ।

उनी रिङमा ‘द अण्डरटेकर’ को नामले चर्चित भए । उनको वास्तविक नाम मार्क विलियम कालावे हो । उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो ।

उनले सन् १९९० नोभेम्बर २२ मा सर्वाइभर सिरिजबाट नै डब्ल्यूडब्ल्यूई डेब्यू गरेका थिए ।

हालै एक अन्तर्वार्तामा अण्डरटेकरले आफूलाई आफ्नो करियरप्रति गर्व भएको बताएका छन् । उनले ३० वर्ष लामो करियरमा थुप्रै उपलब्धि हासिल गरेका छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.