स्वास्थ्य सम्वन्धि मापदण्डका सवै व्यवस्थापन मिलाएर परिक्षा सञ्चालन – प्राचार्य भवानी प्रसाद पौडेल
लक्ष्मण फुयाल
०८ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको कक्षा १२ काे परीक्षामा देशभरका ४ हजार १ सय ०५ केन्द्रबाट ४ लाख ३३ हजार परीक्षार्थी सहभागी हुनेछन ।
कुल परीक्षार्थीमध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीनिर्धारित परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।
“राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा लिने सन्दर्भमा आज बाट सुरु हुदै गरेको छ । एकै साथ परिक्षामा सवै परिक्षार्थीहरु सहभागि हुदै गर्दा स्वास्थ्य सम्वन्धि मापदण्ड सवै व्यवस्थापन मिलाएर परिक्षा सञ्चालन गर्दै गरेको” काठमाडौंका हिसानका सचिव तथा जया मल्टिपल कलेजका प्राचार्य भवानी प्रसाद पौडेल जानकारी दिनुभयो ।
परिक्षा सञ्चालन गर्नु हामी लगायत सवै सदस्य विद्यालयहरुले राष्टिय परीक्षा बोर्डलाइ सहयोग गरेको हुन्छ यसवाट देश तथा शिक्षा क्षेत्रमा सहयोग पुगेको छ । सहयोग तथा जिम्मेवार हुदै हरेका परीक्षा केन्द्रहरुले परीक्षा सञ्चालन गर्नुपर्ने प्राचार्य पौडेले बताउनुभयो ।
जया मल्टिपल कलेज गोकर्णश्वर नगरपालिकाको वडा ८ माकलवारीमा अवस्थित छ ।
परिक्षा सञ्चालन सम्वन्धि हिसान काठमाडौंका सचिव तथा जया मल्टिपल कलेजका प्राचार्य भवानी प्रसाद पौडेल यसो भन्नु हुन्छ ।
भिडियाे :