१९८० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुग्यो
०८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ४३ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।