Nepal's No. 1 Digital Newspaper

‘केपी ओलीभन्दा ठूलो दलाल कोही पनि छैन’ – नेता बस्नेत

०६ मंसीर, सिन्धुपाल्चोक । पुर्ब सुचना तथा सन्चार मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुले चोर्ने, लुट्ने र तस्करी गर्न मात्र जानेको आरोप लाउनु भएको छ ।

Order Now: 98510-87891

आज बाह्रबिसे नगरपालिका–९ राम्चेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले ‘कम्युनिस्टसँग बुद्धि छैन । सुन बोक्ने, चोर्ने, लुटने अनि जलविद्युत आयोजनाको नाममा पैसा संकलन गर्ने, बैंकमा राखेर ब्याज खान पल्केको छ उनले भने । नेकपाभित्र ठूलो विवाद रहेको उनले बताए ।

सिन्धुपाल्चोकमा पनि कम्युनिस्टहरूले कांग्रेसका नेता कार्यकर्ताहरूविरुद्ध मुद्धा दर्ता गरेर दुःख दिने गरेको पूर्वमन्त्री बस्नेतले बताए ।

कांग्रेसले जितेको ठाउँमा विकास आफै आउने उनले बताएका छन् । ‘कांग्रेस पराजित भए पनि सिन्धुपाल्चोकको सरकार कांग्रेस नै हो । कांग्रेसका विरुद्धमा धावा बोल्न खोजियो भने भोलिका दिनमा देखाइदिन्छौँ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

‘पर्सामा पुष्पकमल दाहाल निकटका कार्यकर्तालाई खड्गप्रसाद ओली समूहकाले मारेका छन्’, बस्नेतले भने, ‘ओली समूहले दवाव दिएर हत्यामा संलग्नविरुद्ध मुद्धा दर्ता गर्न दिएन ।’

‘हामीले जिते पनि नजिते पनि विकास गर्ने भनेको कांग्रेस नै हो’, उनले भने, ‘कम्युनिस्टले हामीलाई धेरै मुद्धा लगाएका छन् । कांग्रेसमा प्रवेश गर्यो भनेर कम्युनिस्टले खर्याकखुरुक गरे भने जवाफ पाउँछन् ।’

‘कम्युनिस्टको मति भ्रष्ट भएर देश बरबाद भएको छ’, कांग्रेस नेता बस्नेतले भने, ‘केपी ओलीले रातारात भारतीय गुप्तचरको प्रमुखलाई भेट्नु हुन्छ । किताबमा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखिएको नयाँ नक्सा राखेर पढन दिने बेला ओलीले रोक्नुभयो ।’
‘केपी ओलीभन्दा ठूलो दलाल कोही पनि छैन’,
उनले भने, ‘भारतीय गुप्तचर प्रमुखलाई बालुवाटारमा भेटेर प्रमाणित भएको छ ।’

अब आउने निर्वाचन कांग्रेसले जित्ने उनले बताएका छन् । ‘गाउँलाई कांग्रेसमय बनाउनुपर्छ । कांग्रेसमय भयो भने गाउँको विकास आफै हुन्छ’, बस्नेतले भनेका छन् ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.