Nepal's No. 1 Digital Newspaper

रोटरी क्लव अफ गोरखाद्वारा इलर्निङका सामग्री वितर्ण

६ मंसिर, काठमाडौं । रोटरी क्लव अफ गोरखाले जिल्लाका विद्यालयहरुमा इलर्निङ प्रवद्र्धन गर्न विभिन्न सहयोगी सामग्रीहरु प्रदान गरेको हाे ।

Order Now: 98510-87891

कार्यक्रमका प्रमुख अतिथि राेटरीयन एवं गाेरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तले शुभारंभ गर्नु भएकाे थियाे। गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी माविका लागि र शहीदलखन गाउँपालिका ८ स्थित रामेश्वरी माविका लागि सो उपकरण प्रदान गरेको अध्यक्ष अम्गाईले जानकारी दिनु भयाे ।

क्लवका अध्यक्ष अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर रोटरियन राजनराज पन्तले सो सामग्री हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तथा पूर्व एजी पवनरमण खनाल, शिक्षा बिभाग प्रमुख तथा पूर्वअध्यक्ष नकूल थापा, पूर्वअध्यक्षहरु इश्वरकाजी मास्के, कृष्णप्रसाद ढकाल, कुशललाल श्रेष्ठ, क्लवका सचिव रामस्वरुप श्रेष्ठ लगायत सहभागी थिए ।

आइतबार सिरानचोक गाउँपालिका ७ को सूर्योदय माविका लागि इलर्निङका समग्री हस्तान्तरण गर्ने अध्यक्ष अम्गाईले जानकारी दिए । सामुदायिक विद्यालयलाई इलर्निङमैत्री बनाउन सहयोगी सामग्री जुटाउने कामलाई निरन्तरता दिदै जाने उनले बताए ।

सामुदायिक विद्यालयहरुलाई इलर्निङतर्फ उन्मुख गराउने उद्देश्यले सहयोगी सामग्री प्रदान गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिनु भयाे। क्लवको लिटरेशी मिसन कार्यक्रमअन्तर्गत शनिबार गोरखाका दुई वटा विद्यालयलाई मिदासको पाठ्यक्रमसहितको इलर्निङ सामग्री र ५२ इञ्चको टिभी प्रदान गरेको छ ।

राेटरी क्लब अफ गाेरखाका अध्यक्षः काशीनाथ अंगाईले भन्नु भयाेः
राेटरी क्लव अफ गाेरखाले ई -लर्निङ्ग’ र विद्यालय शिक्षाकोरोना संकटले सिकाइ शैलीमा परिवर्तन गर्न मौका ल्याएको छ । याे अभियान नेपाल सरकार र राेटरी क्लब अफ गाेरखाकाे संयुक्त प्रयासमा थालनी गरेका हाै। ई-लर्निङ्ग म्याटेरीयलसले शिक्षा क्षेत्रमा गुर्णस्थरीय र प्रभाबकारी लिने छ र आगामी बर्षमा समेत निरन्तरता दिदै जानेछाै ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.