Nepal's No. 1 Digital Newspaper

थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

६ मंसिर, काठमाडौं । नेपालमा शनिवार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

Order Now: 98510-87891

योसँगै कोरोना संक्रमणबाट १ हजार ३०५ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ५२ हजार ४३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २४ हजार ९ जना रहेका छन् ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.