Nepal's No. 1 Digital Newspaper

मेस्सीलाई बार्सिलोनामै हेर्ने गुवार्डीओलाको रहर

०६ मंसिर, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बर्सिलोनामै करिअर समापन गरेको हेर्ने इच्छा रहेको बताएका छन् ।

यसै साता मात्र सिटीसँग दुई वर्ष सम्झौता थप गरेका गुआर्डीओलाले आफ्ना पूर्व खेलाडी मेस्सी सिटी आउनेबारे प्रश्न गर्दा यस्तो जवाफ दिएका हुन् । गत ट्रान्सफर विन्डोमा मेस्सीले बार्सिलोना छाड्ने भनेपछि सिटीले प्रस्ताव अघि सारेको चर्चा चलेको थियो । तर अन्त्यमा मेस्सीले यस सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाड्ने निर्णय गरे ।

Order Now: 98510-87891

गुआर्डीओलाले आफ्नो सम्झौता नविकरण गरेपछि मेस्सीबारे प्रश्नमा उनी बर्सिलोनामै रहेको हेर्न चाहेको बताएका हुन् । ‘मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले हजार पटक यो भनेको छु । एक समर्थकका रुपमा म उनलाई बार्सिलोनामै करिअर अन्त्य गरेको हेर्न चाहन्छु,’ उनले भने ।

गुआर्डीओलाले बार्सिलोनासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको र क्लबको हित नै सोच्ने पनि अभिव्यक्ति दिए । ‘म बार्सिलोनाप्रति आभारी छु । क्लबले मेरो लागि धेरै गरेको छ,’ सन् २००८ देखि ४ वर्ष बार्सिलोनामा रहेका उनले थपे, ‘एकेडेमीमा, खेलाडीका रुपमा, प्रशिक्षकका रुपमा, मैले क्लबबाट सबथोक प्राप्त गरें । अहिले मेस्सी बार्सिलोनाकै खेलाडी हुन् र जुन/जुलाईमा ट्रान्सफर विन्डो नआउँदासम्म त्यहीं रहनेछन् ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.