Nepal's No. 1 Digital Newspaper

माउन्टेन इनर्जीको आइपिओको अन्तिम तथ्यांक यस्तो आयो

०६ मंसीर, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) काे निष्काशनको अन्तिम दिन आज शुक्रबारसम्म ६ लाख ७४ हजार जनाले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका हुन् । यो ७.६१ गुणा धेरै हो ।

Order Now: 98510-87891

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ४ लाख ९० हजार ९ सय ७३ जनाको हात खाली हुनेछ । उक्त आइपीओ अर्को साता बाँडफाँट गर्ने तयारी गरिएकाे छ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” news.[email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.