Nepal's No. 1 Digital Newspaper

एम्बाप्पेको दुई गोल खेर जादाँ पीएसजीको विजयी यात्रा टुङ्गियो

०६ मंसीर, एजेन्सी । काएलियन एम्बाप्पेले गरेको दुई गोललाई उल्टाउँदै मानोकाले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लीग वानमा पराजित गरेको छ । यससँगै पीएसजीको लगातार ८ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

मोनाकोको घरेलु मैदानमा भएको खेलमा एम्बाप्पेले ईन्ज्युरी पछि फर्कदै पहिलो हाफमा ब्यक्तिगत दुई गोल गरे ।

Order Now: 98510-87891

यसबोहक पनि पीएसजीले एम्बाप्पे र मोईज किन मार्फत दुई गोल गरेको थियो तर अफसाईड करार दिईयो । उनकै दुईगोलमा पीएसजीले पहिलो हाफमा मोनाकोबिरुद्ध २–० को अग्रता बनाएको थियो ।

खेलको ५२ र ६५औं मिनटमा केभिन भोलान्डले गोल गर्दै मोनाकोलाई बराबरी अवस्थामा ल्याए ।

यसपछि ८४औं मिनटमा सेस्क फाब्रिगासले कमब्याक खेलमा पेनल्टी मार्फत गोल गर्दै मोनाकोको जित सुनिश्चित गरे । पीएसजीले यस खेलअघि जम्मा एक गाृल मात्र गर्न दिएको थियो रत २०१६–१७ को लीगन वान विजेता मोनाकोबिरुद्धको खेलमा पीएसजीको लय खासै सन्तोषजनक देखिएन ।

मोनाको आफ्नो नियमित कप्तान विसाम बेन बिना नै मैदानमा ओर्लिएको थियो । बेनलाई कोरोना पोजिटिभ देखिएको कारण मोनाकोबाट खेल्न पाएन । यसबाहेक मानाकोले ८ जना खेलाडी २३ वर्ष मुनिकोलाई खेलाएको थियो ।

जितसँगै मोनाको लीग वानको दोश्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलमा २० अंक छ । यता हारको सामना गरेको पीएसजी ११ खेलमा २४ अंकका साथ शिर्ष स्थानमा नै कायम छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.