Nepal's No. 1 Digital Newspaper

नरसिंह अवतार

०६ मंसीर, काठमाडौँ । हिरण्यकशिपु दाजु हिरण्याक्ष हत्याको प्रतिषोधको अग्निमा जल्यो । शत्रु खतम गर्ने वरदान लिन कठोर तप गर्न थाल्यो । हिरण्यकशिपुको भावी उत्तराधिकारी नष्ट गर्ने हेतु: इन्द्रले गर्भिणी कयादु अपहरण गरे । बीच बाटैबाट नारदले कयादुको उद्धार गरेर हरि:ॐ मन्त्र पढाए । गर्भैदेखि द्वादशाक्षरी मन्त्र शिशु प्रह्लादले पाए ।

विष्णुलाई भजे । उनै भगवान हुन्, उनै ईश्वर हुन् : यही भजिरहे । तपस्याबाट फर्केका हिरण्यकशिपु असुरलाई यो कुरा पचेन । विष्णुभक्त प्रह्लादलाई राजबन्दी बनाए । गुरुकुलमा विपरित शिक्षा दिलाईन लागियो । असुरको चरित्रबाट बाङ्गा का बाङ्गै रहेका प्रह्लादको गुरुकुल जीवन अवरुद्ध भयो ।

Order Now: 98510-87891

निःसन्तान बहिनी सिंहिका र कामाकोटी नरेश विप्रचित्तिलाई कयादुको पहिलो पुत्र आह्लाद दिएको असुर दम्पत्तिले गोप्य राखेका थिए । आह्लादलाई निमन्त्रणा गर्न भनी प्रह्लाद नागकुण्डमा हाल्ने अादेशभरी जाली पत्र प्रह्लादकै हात पठाइयो । प्रह्लादलाई नागकुण्डमा पठाएर आराम गरि बस्ने आल्हाद स्वयं नागदंशबाट बचेन ।

आल्हाद मरेको खवर असुरराजकहाँ तुरन्तै गयो । प्रह्लादले शेषसाई विष्णुसँग नागदंश हरण गर्न पुकारे पछि व्युँतेका आह्लादले भक्त प्रह्लादको सिद्धान्त अनुशरण गर्यो । आह्लादले आसुरी प्रवृत्ती त्याग गरि भगवद्भक्ति लियो। शोक गर्ने पितालाई सान्त्वना दिन दुवै दरवार फिरे।

सिंहिका उत्साही भएर दुवै छोरामध्ये अग्निखेलमा प्रह्लादलाई लिई जाँदा स्वयं जलेर खरानी भई। शुक्राचार्यले यजमान हिरण्यकशिपुलाई प्रह्लाद हत्याको वाचागरि जिम्मा लिए ।

गुरुपुत्र शण्ड र अमरले हत्या गराउन एक्ल्याइएका प्रह्लादका पाउमा शरणागत मत्ताहात्ती देखेर अचम्ममा परे । रात्रीकालमा पिताआाज्ञानुसार राक्षसी उजागर गरि पठाए। भक्त हरिस्समरणमा मस्त थिए । राक्षसीले भक्त प्रह्लादलाई उठाएको असफल खड्ग प्रहारद्वारा अन्ततः ऋषिकुमार द्वय मारिए ।

प्रातः जागा हुँदा आफ्ना गुरुभाई मारिएको देखि आक्रान्त खवर गुरुकहाँ भन्न जाँदा जिवित प्रह्लाद खडा देखेर छक पर्दै झस्केका गुरुले तँ किन बाँचिरहेछस् भनी थर्काए। चेलाले गुरु को हो, शिक्षा के हो? जान्न चाहे । राजाको भयमा शिक्षा दिने गुरुभाई र देवतासँग वैर साँध्ने स्वार्थमा दिइने शिक्षाले चेलाको परमार्थ कसरी सुध्रन्छ? गलत गर्ने यजमानलाई अझ उक्साउने गुरु सही हुन सक्दैन । थाहा पाई पाइकन श्रीहरिलाई पेल्ने?

गुरुले चेलालाई पुत्र को हो ? उसको कर्तव्यको पाठ सोधे ।

भय र स्वार्थ रहित वास्तविक शिक्षा दिने गुरु देव समान हुन्छ । प्रह्लादको जवाफमा देशले मागेको शिक्षामा गुरुले जोड दिए। अाज म हारेको छु त्यसैले तँ वकवाद गरिरहेछस् ।

भक्तले गुरुलाई परमार्थमा वाधा पार्ने गुरु असफल भएको साक्षात् प्रमाण देखाए । उनले भगवान विष्णुसँग उनको भक्ति अन्तिम पटक दाउमा राखेर आफ्ना दुई गुरुभाई जियाउन प्रार्थना गरिरहँदा हारेका शुक्राचार्य मौन थिए ।

हिरण्यकशिपुको सभामा रौनक थियो । उ प्रह्लाद सकियो, हरिको श्री हरिए, विष्णुको सच्चा भक्त सकिएको खवर दैलामा प्रवेशको प्रतिक्षामा छ ।

अप्सराको टोली खास मुजुरा लिएर कतिखेर शुक्राचार्य र दुई पुत्रकासाथ प्रवेश हुन्छन् पाउजु-चाँप तोड्छौं ।

द्वारपालले झ्याली पिट्यो- गुरुकुल सहित शुक्राचार्य प्रवेश भयो । सबैको ध्यानको केन्द्र प्रवेश भयो । कयादुको मनमा ठूलो स्वरगरी बजेको धड्कन प्रष्ट सुनिन्थ्यो । प्रह्लाद सकिएकै हो? सृष्ठि रचनाकार के भन्छ?

गुरु समूह जसै सभामा पस्यो सबै स्वागतमा लागे । कुदेर गुरुका पाउमा हर्षका अश्रु तर्पण गर्न पुगेका असुरलाई अस्पर्शमा रहन दिइएको अादेश ज्यानलेवा खडग समान थियो । आश्चर्य र क्षोभ मिश्रित भावमा हच्केका असुरले सबै भन्दा पछाडि पंक्तिबद्ध पुत्र प्रह्लादमाथि नजर परेपछि सम्हालिएको होसमा पुत्रको पाखुरामा समाउन पुग्यो । गर्जँदै गुरुलाई वाचा स्मरण पनि गरायो ।

सुन असुरराज ! भगवद्भक्तिका सामुन्ने पुत्रको धर्मले पिताको आज्ञा नमानेर केही फरक परेन । भगवद्भक्तिका सामुन्ने चेलाको धर्मले गुरुको आज्ञा नमानेर केही फरक परेन । भगवद्भक्तिका सामुन्ने पत्नीको धर्मले पतिको आज्ञा नमानेर केही फरक परेन । यी सबै चेला, पुत्र र पत्नी पूजनीय छन् ।आज मेरा पुत्र र कुमार आह्लाद प्रह्लादको दयाको पात्र छन् । हामी गुरु, पति, पिता जग्भार भयौं । बेलैमा तिमी आफै सुल्झाउ ।

असुरले भक्तलाई मुल थामछेउ लग्यो । ल भन् दुष्ट! तँ कतिको कुलंगार रहेछस् ।

गुरु, आह्लाद, शण्ड र अमर सकल सभासद समयको प्रतिक्षामा थिए – आज निर्णय हुन्छ ।

प्रह्लाद सबै तमासा उत्सुकतापूर्वक नजर गरिरहेका थिए ।

पिताश्री ! तपाईं मलाई मृत्युवरण गराउन प्रयत्न गरिरहनुभयो, सफल हुनु भएन । मेरी फुपुलाई बचाउन पनि सक्नुभएन । दाजु र यी गुरुभाईलाई तपाईको वास्तविकतामा कुनै शंका छैन । सुध्रनुको विकल्प पनि छैन, बेलैमा सुध्रनुहोस् । ईश्वर एकै छन्, उनको सत्ता स्वीकार्नुहोस् ।

असुरको पापको घडा भरिसकेको थियो । उसको घोर आसुरी प्रवृत्तिमाथि पराजयको पताका कालो मेघ झैं वर्षन उद्यत थियो । प्रह्लादको गर्दनमा खड्ग राखेर भन्यो कि तेरो स्वाङ सहि छ भने देखा हरि कहाँ कहाँ छन् ?

यो स्वाङ हैन पिताश्री! खास देखिएको हो । वहाँलाई तपाईं पनि देख्नुहुन्छ । आफ्नो मनको नेत्र खोल्नुहोस् ।

तेरो जिह्वा काटीदिन्छु ।

म मन मनै स्मरण गर्छु पिताश्री ।

कयादु पुत्रमोहमा विह्वल बन्दै विचेत हुन्छिन् ।
तेरो हरि यो फलामको स्थम्भमा पनि छन्?
श्रीहरि त्यहाँ पनि हुनुहुनछ ।
ला हेर , म तेरो हरिलाई खतम गरिदिन्छु । सैनिक हो ! स्टोभगन सहित ग्याँस सिलिण्डर ल्याऊ । चारैतिरबाट आगो लगाऊ ।

तातो र रातो भएको स्थम्भमा प्रह्लाद अङ्कमाल गरोस् । भन्, तेरो हरि कस्तो छ?

मलाई स्तनपान गराउने माता समान हुनुहुन्छ पिताश्री । वहाँको करुणादृष्टि समस्त जगतमा प्रेमातुर छ । मलाई यो स्थम्भ नभएर करुणामयी माताश्रीको प्रिय काख झैं अनुभूति भइरहेछ । जय श्रीहरि ।
तेरी आमा लाग्यो तलाई? खड्गको तेजधार चम्काउँदै खम्बामा जोडले प्रहार गर्यो ।

चमत्कार भयो । साह्रा सभासदको नेत्रले काम गर्न छाड्यो कि खै के भयो, लगातार धमाकेदार विस्फोट समान गडगडाहटका बीच अनौठो जीवको उत्तपत्ति भयो । लामालामा नङ भएको हातपाखुरामा झपक्कै भुत्ला, केश पनि तल घुँडासम्म पुगेको । देख्दै भयलाग्ने । बाघ जस्तो मुखाकृति र नर जस्तो देह उत्तपत्ति भयो । हाहा हुहु गर्दै कहिले जिह्वा लपलपाउने, कहिले प्रह्लादको शीषमा स्नेहमयी करफिराउने ।

हिरण्यकशिपुको पृष्ठभागमा झम्टेर सभाको केन्द्रमा रहेको चौकामा पुग्नेगरी हुर्याईयो । लरखराउँदै उठ्ने प्रयत्न गरेको असुरमाथि वेगले पुगेर नङ्रामय अौंलामा टांगिएको असुर मत्ता हात्तीका दाँतमा अल्झिएको सिमझार जस्तै देखिन्थ्यो । भोकाएका बडाहाकिमको हातमा रहेको टुथपिकले निकालेको दन्तगुहु जस्तो असुरको पराक्रम नेपाली कागजको खेलौना बनाई परिकल्पना जस्तो थियो । सबै अासुरी खड्ग , गदा, अंकुश, पास, भाला, दण्ड, परशु, चाबुक, कर्द, चिम्टा, फाकफुक गाली र गलौज ।

जगत्स्वामीका समक्ष ती तुक्ष वस्तुले कुनै भाव भङ्गीतले लछारोपाटो लगाउन सामर्थ्य राखेन । बलिष्ठ असुरले चलाएको हतियार सुकेको खर आगोमा हाले समान क्षणभरमा भस्म भयो । आसुरी प्रवृत्तीले साम्राज्ञमय शासन र पितातुल्य बात्सल्य फोहर पानीले फोहर धोए झैं भयो । खरानी गरेपछिको शक्ति पनि अर्का सामर्थ्यवान समक्षमा वेगवान वायुले उडाएर सफाचट भए ।

उसको साथमा रहेको दुर्गन्धमय घडा सेलाउन उपस्थित सत्ताका सामुन्ने बलहीन बनेका असुरको अन्त्य गरेका नरसिंह साम्य भएनन् । उनको ज्ज्वाला शान्त पार्न साह्रा देवको अाग्रह फिका पर्यो । माता लक्ष्मी, देवाधीदेव महादेव, ब्रह्मा, स्वर्गेन्द्र, दिक्पाल समेत नरिसंहको भयङ्कर ज्ज्वाला शान्त गर्न असमर्थ भए । साह्रै बीभत्स भयो ।

भक्त प्रह्लादलाई संरक्षण गर्न र थिति बनाई राख्न यतिखेर महामुनी नारद आई हे वत्स प्रह्लाद! तिमी मात्र एक त्यो भक्त हौ जसले यो साह्रा सृष्ठि रचनाको डोरी आफ्ना कोमल हातमा लिईरहेका छौ । तिमीले मात्र त्यो लगाम खिच्न सक्छौ। आफ्ना अाराध्य प्रभुको चरणस्पर्श गर । वहाँको क्रोधाग्नि शान्त पार । वहाँको ताप हरण गर ।

हे प्रभु, हे शान्त, हे निराकार, हे शेषसायी, हे पद्मनाभ, हे सुरेश, हे विश्वाधार, हे अनाथका नाथ, हे लक्ष्मीकान्त, हे कमलनयन, हे ध्यानमूर्ति, हे विष्णु:, म हरिभक्त प्रह्लादलाई शरणमा लिनुहोस् र समस्त सृष्ठिको पालन गर्नुहोस् । शान्त हुनुहोस् र आफ्नो दिव्य अवतारमा प्रविष्ट हुनहोस् ।

शङ्ख, चक्र, गदा र पद्म हातमा लिएका किरिटकुण्डल र पीतवस्त्र धारण गरेका र मुसुमुसु हाँस्दै भक्त प्रह्लादलाई समाउनु भयो । मुर्क्षित माता कयादुलाई जगाउनुभयो र राजसिंहाशनमा लगेर प्रह्लादलाई आफ्ना काखमा लिएर दाहिने हातले शीर मुसारीकन देवगणका सामुन्ने प्रह्लाद राज्याभिशेष दिनुभयो ।

निःस्वार्थ परमार्थका लागि जीव र जगतको सत्ता स्वीकार रहुञ्जेल चिरञ्जीविको वरदान दिनुभयो । सबैलाई आफनो अस्तित्त्वमा कर्तव्यपरायण रहन आदेश दिनुभयो ।
ॐ नमो भगवते वासुदेवाय ।

हरिःॐ ॥


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.