Nepal's No. 1 Digital Newspaper

माइला लामाकी पत्नी मनुको स्टाटसले शारा नेपालीलाई रुवायाे

‘बादल दाइ! यदि हजुरको भन्दा मेरो पछि लास परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, उनले लेखेकी थिइन्, ‘हजुरको कार्यकाल सफल होस्!

Order Now: 98510-87891

०५ मंसीर, काठमाडौँ । कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा माइला लामा जेल चलान भएपछि उनकी पत्नी मनु लामाले मंगलबार राति भावुक स्टाटस लेखिन्। तर उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयुद्धको समयको सामिप्यतालाई झल्काएको छ । मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन्।

चर्चित तथा लाेकप्रिय जनवादी कलाकार तथा जनयुद्धका जिउदाे सहिद मानिने विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युराे इन्चार्ज माइला लामा हिजाे पुर्पक्षका लागि जेल चलान गरिएपछि उनी नख्खु कारागार गए । जसको चौतर्फी बिरोध भैरहेको छ ।

केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, ह’त्या, गोली हान्नुका साथै झुठो मु’द्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त यु’द्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ ।

यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘के पी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, ह’त्या, गो’ली हा’न्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त यु’द्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।

नेता तामाङ्गकाे गिरफ्तारीप्रति सर्वत्र निन्दा भइरहदा उनलाई ललितपुर जिल्ला अदालतले जेल चलान गरेकाे हाे । जनयुद्धका कमान्डर गृहमन्त्री भइरहदा उनकै पुर्वसहकर्मि माथी व्यापक दमन गर्दै झुट्टा मुद्दा लगाएकाे भन्दै गृहमन्त्री राम बहादुर थापा बादलकाे चर्काे आलोचना माओवादी पृष्ठभुमि भएकाहरुबाट देखिन्छ । त्यती मात्र होइन उनी बिदेशिकाे इसरामा नाच्न थालेकाे भन्दै वामपन्थी बिश्लेषकहरुको तर्क रहेको छ ।

यसैबिच जनयुद्धमा सुन्ने शक्ति देख्ने शक्ति र हातका औलोहरु गुमाएका नेता लामा जेल चलान भएपछि उनकी जिवनसाथी मनु तामाङले गृहमन्त्री थापालाई सम्बाेधन गर्दै भावउत्तेजक स्टाटस सामाजिक सन्जाल फेसबुकमा राखेकीछन् ।

बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आक्रोश मिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन्।

‘बादल दाइ! यदि हजुरको भन्दा मेरो पछि लास परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, उनले लेखेकी थिइन्, ‘हजुरको कार्यकाल सफल होस्!

यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि सरकारले सुदर्शनसहित जे’ल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गि’रफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चे’तावनी विप्लवले दिएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन-
‘यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गि’रफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रति’रोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।त्यसअघि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले पनि आफ्ना अध्यक्ष माइला लामाको गैरन्यायिक गिर’फ्तारीप्रति आ’पत्ति जनाएको छ ।

लामालाई तत्काल बिनाशर्त रिहा गर्न महासङ्घले विशेष अपिल पनि गरेकाे छ । महासङ्घका महासचिव खेम थपलियाले आइतबार एक विज्ञप्ति जारी गर्दै लामालाई मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका प्रहरीको सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गि’रफ्तार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

साथै राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आ’पत्तिजनक हिसाबले पक्राउ गरिनु खे’दपूर्ण रहेको उनले बताएका छन् ।जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याएका लामालाई अ’पहरण शैलीमा गि’रफ्तार गरिनुले सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको फा’सिवादी कदमले यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै अ’सुरक्षित हुँदै गएको पनि महासचिव थपलियाले बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अप’मानपूर्ण र आप’त्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ ।

यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपिल गर्दछ । प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले विप्लवको नेतृत्वमा एकीकृत जनक्रा’न्ति भइरहेको अवस्थामामा तिनै हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रू’र र फा’सिवादी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

जनकलाकार माइला लामाका गि’रफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।

विज्ञप्तिमा भनिएको छ-
‘हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कम’रेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रा’न्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रू’र र फा’सिवादी बन्दै गएका छन् ।

जनकलाकार माइला लामाका गि’रफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फा’सिवादी हर्कत हो ।आजका सत्ताधारी  प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि माइला लामाजस्ता जनकलाकारहरुको असामान्य  योगदान रहेको भन्दै थपलियाले यस्तो क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ-
‘आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो । कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.