Nepal's No. 1 Digital Newspaper

सम्पती एकलौटि खान छोराको साथ लिएर वडाध्यक्षद्धारा आफ्नै भाईको हत्या प्रयास

हत्या प्रयास गर्ने वडाध्यक्ष कमल गुरुङ साविक नेकपा एमालेवाट सिद्धलेक गाँउपालिका वडा नं.२ मा वडाध्यक्ष निर्वाचित् भएका हुन् ।

०५ मंसीर, धादिङ । धादिङको सिद्धलेक गाँउपालिका वडा नं.२ का अध्यक्ष कमल बहादुर गुरुङले एकलौटि रुपमा सम्पती खानका लागी आफ्नै भाईहरुको हत्या प्रयास गरेका छन् ।

Order Now: 98510-87891

आज शुक्रवार दिंउसो सिद्धलेक गाँउपालिका स्थित् नलाङ स्थित् आफ्नै घरमा अशंबण्डाको विषयमा छलफल गर्न भन्दै भाईहरुलाई घरमै बोलाएर वडाध्यक्ष गुरुङले छोरा राजेश गुरुङको साथ लिई हत्या प्रयास गरेका हुन् ।

वडाध्यक्ष समेत रहेका दाजुले पहिले देखीको अंशवण्डाको विवादलाई समाधान गर्ने प्रयासका लागी बोलाएको भन्दै गएका जुम्ल्याहा दाजुभाई माथी एक्काशी आक्रमण गरी हत्या प्रयास गरेका हुन् । पैत्रिक सम्पती अंशबण्डाको विषयमा सामान्य छलफल गरिरहंदा, वडाध्यक्ष समेत रहेका दाजु कमल गुरुङले एक्काशी आक्रमण गरी निर्घात् कुटपिट गरेको पिडित राम गुरुङले बताए ।

पिडित राम गुरुङले बताए
गुरुङका अनुसार पैत्रिक सम्पती अंशबण्डाको विषयमा उनिहरु दाजुभाईको पहिले देखी नै बिवाद थियो । करिव ७÷८ वर्ष पहिले देखी साहि विषयका कारण उनिहरु दाजुभाईविच बोलचाल समेत थिएन । तर यस प्रकारको आक्रमण भने अहिले पहिलोपटक भएको पिडित राम गुरुङले बताए । उता दाजु राम गुरुङमाथीको आक्रमणलाई छेक्ने क्रममा अर्का भाई लक्ष्मण गुरुङमाथी समेत आक्रमण भएको छ ।

“बृद्ध आमासंग हामीले छलफल गरिरहेका थियौं, एक्काशी भतिजो राजेशले हामी माथी हातपात गर्न थाल्यो, हामी दाजु भाईले छेक्ने कोशिस गर्यौं, त्यसपछि दाजु कमल गुुरुङले एक्काशी गोठवाट भैंसीलाई बाध्ने किलोले टाउकोमा हिर्काए, मलाई छेक्ने क्रममा भाई लक्ष्मण माथी समेत आक्रमण भयो । ज्यानै मार्ने कोशिस गरेका थिए, बाल-बाल ज्यान जोगायौं ।”

आक्रमणवाट उहिरु गम्भिर घाईते भएका छन् । आक्रमणमा परी लक्ष्मण गुरुङको टाउको फुटेको छ र शरिरभरी चोटपटक लागेको छ । त्यस्तै भाइलाई किलो प्रहार गरेपछि छेक्ने क्रममा आक्रमण हुंदा दाइ रामको समेत हात भाँच्चिनुका साथै शरिरभरी चोट लागेको छ । अहिले उनिहरु हत्या प्रयास गर्ने वडाध्यक्ष समेत रहेका दाजु कमल गुरुङ र भतिजो राजेश गुरुङका बिरुद्ध जाहेरी दिनका लागी जिल्ला प्रहरी कार्यालय धादिङ गएका छन् ।

पिडित दाजुभाई राम र लक्ष्मण गुरुङ जुम्ल्याहा दाजुभाई हुन् भने हत्या प्रयास गर्ने वडाध्यक्ष कमल गुरुङ उनिहरुका जेठा दाजु हुन् । उनिहरुको पैत्रिक सम्पती अंशवण्डा समेत भएको छैन । बाबुको नाममा रहेको ९० रोपनी भन्दा बढि जग्गा बाबुको मृत्युपस्चात् अंशबण्डा गर्ने विषयमा दाजु कमल गुरुङले एकलौटि रुपमा अंश आफ्नो नाममा नामसारी गर्न लागेपछि उनिहरु विच विवाद भएको हाे ।

हत्या प्रयास गर्ने वडाध्यक्ष कमल गुरुङ साविक नेकपा एमालेवाट सिद्धलेक गाँउपालिका वडा नं.२ मा वडाध्यक्ष निर्वाचित् भएका हुन् ।

उनि तात्कालिन नेकपा एमाले नलाङ गाँउ कमिटीका अध्यक्ष एवं् नलाङ गाविसका पुर्व उपाध्यक्ष समेत हुन् । त्यस्तै उनका छोरा राजेश राष्ट्रिय युवा संघ धादिङका सदस्य समेत हुन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.