Nepal's No. 1 Digital Newspaper

अबैध कर संकलनलाई प्रसय विरुद्धमा गाँउपालिका घेराउ

०५ मंसिर, धादिङ । गजुरी गाउँपालिकाले मिलमतोमा एक निर्माण कम्पनीलाई ठेक्का सम्झौताविना नै कर संकलन गर्न दिएको भन्दै युवाहरुको समुहले गाँउपालिका कार्यालय घेराउ गरेका छन् ।

आ.व.२०७७/०७८को आन्तरिक आयकरको शुल्क उठाउन टेन्डर आव्हान गर्दा काठमाडौंको बबरमहलस्थित शिवाको कन्ट्रक्सनले ठेक्का पाएपनी उसले ठेक्का सम्झौता नै नगरी महिनौं दिन अघिदेखी शुल्क उठाउन थालेको भन्दै उक्त कार्य रोक्नुपर्ने माग गर्दै युवाहरुको समुहले गाँउपालिका कार्यालय घेराउ गरेका हुन् ।

Order Now: 98510-87891

गाँउपालिकाले शुल्क उठाउन टेन्डर आव्हान गर्दा शिवाको कन्ट्रक्सनले ठेक्का पाएपनी अझैसम्मपनी उसले ठेकका सम्झौता नै गरेको छैन । तर कन्ट्रक्सन कम्पनीले भने सम्झौता नै नगरी धमाधम कर संकलन गरिरहंदा समेत गाँउपालिकाले ठेक्का सम्झौता गर्न ताकेता नदिएको र उल्टै ठेकेदारलाईनै प्रसय दिएको भन्दै गाँउपालिका कार्यालय घेराउ गरेको आक्रोसित युवाहरुको भनाई छ ।

“ठेक्का सम्झौताका लागी ताकेता दिनुपर्नेमा गाँउपालिका अध्यक्ष निकटका ब्यक्तीले ठेक्का पारेकाले अध्यक्ष र गाँउपालिकाका उच्च तहका कर्मचारीले नै मिलेमतोमा उल्टै ठेकेदारलाईनै प्रसय दिएको छ । गाँउपालिका अध्यक्षले नै सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेका छन् ।, उक्त ठेक्का तुरुन्त सम्झौता गर्न र अवैध रुपमा संकलन गरेको कर रोक्का गर्न माग गरेका हौं।” गजुरी ७ का बद्रि जम्कट्टेलले भने ।

जम्कट्टेलका अनुसार गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र गाँउपालिकाका योजना शाखाका प्रमुख टुफेल खाँनले मिलेमतोमा सार्वजनिक खरिद ऐनको बर्खिलाप गर्दै ठेकेदारलाई सम्झौता नै नगरी कर संकलन गर्न प्रशय दिएका छन् ।

गाँउपालिका अध्यक्षले आफु निकटका ब्यक्तिले ठेक्का पाएकाले अवैध कर संकलनलाई प्रशय दिनाका साथै उल्टै ठेकेदार कम्पनीलाई छुट समेत दिन चलखेल गरेको युवाहरुको आरोप छ । अध्यक्ष बस्नेतले ठेकेदार कम्पनीलाई सघाँउदै आएको र गाँउपालिका कार्यालयमा वकिललाई डाकी ठेकेदारलाई छुट दिनका लागी परामर्श गर्न थालेपछि आफुहरुले पालिका कार्यालय घेराउ गरेको समेत जम्कट्टेलले बताए ।

संयौंको संख्यामा गाँउपालिका घेर्न पुगेका आक्रोसित् युवाहरुको समुहले गाँउपालिका अध्यक्ष बस्नेतको मिलेमतोमा भएको अबैध कर संकलन रोक्का गर्न माग गर्दै मिलेमतोलाई सघाउने बिचौलियाको भुमिका निर्वाह गर्ने योजना शाखाका प्रमुख टुफेल खाँनमाथी कारवाहि गर्नुपर्ने, हालसम्म संकलन गरेको राजश्व गाँउपालिकाको खातामा दाखिला गर्नुपर्ने, यथासिघ्र ठेकेदारलाई ठेक्का सम्झौता गराउनुपर्ने माग राखेका छन् ।

गजुरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी, बालुवा, ग्राभेलको बिक्री शुल्क उठाउनका लागि टेन्डर आह्वान गरेको थियो । चालु आ.व ०७७र७८ का लागि ठेक्का लगाएकोमा गाउँपालिका अध्यक्ष निकटका व्यक्ति सम्मिलित काठमाडौंको बबरमहलस्थित शिवाको कन्ट्रक्सनले ठेक्का पाए पनि कन्ट्रक्सनले भने सम्झौता नै नगरी महिना दिन अघीदेखि अबैध रूपमा कर संकलन गरिरहेको छ ।

गत १ कार्तिकमा गाउँपालिकाको चालु आवको आन्तरिक आय संकलन शिलबन्दी ठेक्कामा सबैभन्दा बढी अंक भ्याटबाहेक ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा सो कन्ट्रक्सनले ठेक्का पाएको थियो ।

आशयपत्र प्रकाशित गरेको सातौँ दिन अर्थात् कार्तिक ७ गतेभित्रमै ठेक्का सम्झौता गरिसक्नुपर्ने प्रावधान भए पनि महिना दिन बितिसक्दा पनि कन्ट्रक्सनले भने अझै ठेक्का सम्झौता गर्ने तरखर गरेको छैन ।

उक्त ठेक्कामा, ठेक्का सम्झौता अगावै महिनाँै दिनसम्म संकलन गरेको करवापतको रकम आपसी मिलेमतोमा भागबण्डा गर्ने सर्तमा ठेकेदार कम्पनीलाई रकम भुक्तानी नै नगर्दासमेत गाउँपालिका क्षेत्रभित्रको उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी बालुवा, ग्राभेलको बिक्रीवापतको निर्वाध रूपमा शुल्क उठाउन दिएको युवाहरूले आरोप लगाएका छन् ।

शुल्क उठाउनका लागि ठेक्का पाएको कम्पनीले ठेक्काको सम्झौता नगर्दै कात्तिक सुरुवातदेखि नै गाउँपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी, बालुवा, ग्राभेलको धमाधम बिक्री शुल्क संकलन गरेको छ ।

उता गाउँपालिकाले भने शुल्क नउठाएको दावी गर्दै ठेकेदारलाई नै बचाउने कोशिस गरीरहेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र योजना शाखाका प्रमुख टुफेल खानको सहयोगमा सो कम्पनीले रकम उठाइरहेको युवाहरुको आरोप छ ।

उनीहरूले यसअघि पनि गाउँपालिकाको ठेक्कामा चलखेल तथा आर्थिक अनियमितता गर्दै आएको आरोप लगाएका छन् ।

यसअघी गाँउपालिकाका योजना शाखाका प्रमुख टुफेल खानले गाउँपालिकाले आशयपत्र प्रकाशित गरे पनि निस्चित् समयमा ठेकेदार कम्पनी शिवाको कन्ट्रक्सनले हालसम्म ठेक्का सम्झौता नगरेको स्वीकार गरका थिए ।

गाउँपालिकाले गत कात्तिक १ गते आशयपत्र प्रकाशित गरेको तर, कम्पनीका प्रतिनिधि ठेक्का सम्झौताको अन्तिम दिनसम्म पनि नआएको उनले बताएका थिए । त्यसपछि गाँउपालिकाले पत्राचार गरेको र उनीहरूले पत्र पनि पाइसकेपनी कम्पनीले नै सम्झौता गर्न आनाकानी गरेको खानले बताएका थिए ।

त्यस्तै गाँउपालिकाले गत कात्तिक २४ गते सम्मको अवधि राखेर पुनः पत्राचार गरपनी ठेकेदार कम्पनीले भने अझै ठेक्का सम्झौता नै गरेको छैन ।

पालिका स्रोतका अनुसार अध्यक्ष, प्रमुख प्शासकिय अधिकृत र राजश्व शाखाका खान मिलेर ठेकेदारलाई सहयोग गरेकाले उनीहरूले सम्झौताविना नै रकम उठाइरहेको छ । त्यस्तै स्रोतका अनुसार ठेकदार कम्पनीले एक करोड रुपैयाँ सुरुमै बुझाएकाले उनीहरूलाई रकम संकलन गर्न अनुमति दिएको जानकारी दिएको छ ।

करिव १२ करोड बराबरको ठेक्कामा, सम्झौता अगावै ३३ प्रतिशत रकम अर्थात् ३ करोड ९५ लाख २६ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा उक्त कम्पनीले भने हालसम्म एक करोड रुपैयाँ मात्र बुझाएको छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.