Nepal's No. 1 Digital Newspaper

सुनको मूल्य फेरि घट्यो

०५ मंसीर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

Order Now: 98510-87891

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.