Nepal's No. 1 Digital Newspaper

नडाल एटिपी फाईनल्स्को सेमिफाईनलमा

०५ मंसिर, एजेन्सी । विश्व नम्बर दुई रफायल नडाल एटिपी फाईनल्स्को अन्तिम चारमा पुग्न सफल भएका छन् । नडालले साविकको विजेता स्टेफानोस सिट्सीपासलाई हराउँदै प्रतियोगिताको सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।

बिहिबार राति भएको खेलमा नडालले सिट्सीपासलाई ६४,४६ र ६२ को सेटमा हराउन सफल भएका हुन् ।

Order Now: 98510-87891

गत वर्षको एटिपी फाईनल्स्को समूह चरणको अन्त्मि खेलमा नडालले ग्रिक सिट्सीपासलाई हराएका थिए । तर सो समयमा नडाल सृमिफाईनलमा पुग्न असफल भएका थिए ।

गएराति भएको खेलमा २० पटकका ग्राण्ड स्लाम विजेता नडाल आक्रमकसँगै निक्कै परिपक्व ढंगले खेलिरहेका थिए ।

पहिलो सेट जितेका नडाल दोश्रो सेटमा आफ्नै फाउल खेलका कारण हार्न पु्गेका थिए । तर लगतै भएको तेश्रो सेटमा पुनरागमन गर्दै नडालले खेल आफ्नो पक्षमा पारे ।

गएराति नै भएको अर्काे खेलमा रसियाका डेब्यु खेलाडी आन्द्रे रुब्लेभले डोमिनिक थिमलाई पराजित गरेका थिए ।

जितका बावजुद पहिलोपटक खेलिरहेको रुब्लेभ अन्तिम चारमा पुग्न असफल रहे ।

अब युएस ओपन विजेता समेत रहेको थिमले विश्व नम्बर एक नोभाक जोकोविक र एलेक्जेन्डर भेरेभबिचको विजेतासँग सेमिफाईनलमा खेल्नेछन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.