Nepal's No. 1 Digital Newspaper

फोल्डिङ्ग आईफोन परीक्षणको चरणमा पुग्यो, सन् २०२२ मा मात्र बजारमा आउने अनुमान

०५ मंसिर, एजेन्सी । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सन् २०२२ मा आफ्नो पहिलो फोल्डिङ्ग आइफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ।

एप्पलको एसेम्ब्ली पार्टनर फक्सकन र निप्पोन निप्पोनले एप्पलका लागि फोल्डिङ्ग आईफोन परीक्षण गरिरहेको रिपोर्टहरु आएका छन् ।

Order Now: 98510-87891

हालै एप्पलको पहिलो फोल्डिङ्ग आईफोन परीक्षणको बारेमा चिनियाँ इकोनोमिक डेलीले जानकारी दिएको छ ।

दुबै कम्पनीहरु फक्सकन र निप्पोन निप्पोनलाई फोल्डिङ्ग आईफोनको स्याम्पल यूनिट पठाउन भनिएको छ र एप्पलले कसरी ती फोनहरु १ लाख भन्दा बढि पटक फोल्ड हुन्छन भनेर हेर्ने ९टू५ म्याकले जनाएको छ ।

यी दुबै कम्पनीहरु एप्पलको फोल्डिङ्ग फोनहरुको लागि जिम्मेबार कम्पनीहरु हुन् ।

एप्पलले ती फोनहरुको फोल्ड र हिंन्जको परीक्षण गरिरहेको बताईएको छ जसमा १ लाख पटक भन्दा बढी फोल्ड सहजरुपमा हुनुपर्नेछ ।

केही समयअघि सामसङले फोल्डिङ फोन सार्वजनिक गरेको थियो भने यस बाहेक बजारमा मोटोरोला, ह्वावे र रोयले कम्पनीले मात्र फोल्डिङ्ग फोन ल्याएका छन् । एप्पलले फोल्डिङ आइफोन बनाउनका लागि यसअघि नै सामसङबाट स्क्रिन अर्डर गरेको छ।

रिपोर्टअनुसार एप्पलले फक्सकनलाई यसको स्क्रिन परीक्षण गर्न लगाएको छ। र, यसको क्षमता पनि परीक्षण गर्न लगाएको छ।

सामान्यता ल्यापटपका हिंन्जहरु २० हजार देखि ३० हजारसम्म खोल्ने र बन्द गर्न मिल्ने गरी बनाइएको हुन्छ भने विशेष स्पेकसहितका ल्यापटपहरु ५० हजार पटकसम्म फोल्ड गर्न सकिने हुन्छ । तर मोबाइल फोनहरुको लागि भने न्यूनतम १ लाख पटक फोल्ड गर्न सकिने मापदण्ड रहेको छ ।

पहिलो फोल्डिङ्ग आइफोन संभवत हिंन्जसहितको आउने अपेक्षा गरिएको छ । जसमा ताइवानी कम्पनी निप्पोन निप्पोनले हिंन्ज उपलब्ध गराउनेछ । यो कम्पनीले यसअघि नै एप्पलसँग म्याकबुकको लागि लामो समयदेखि सहकार्य गरिरहेको छ ।

रिपोर्टकाअनुसार एप्पलले अझैसम्म यो आईफोनमा ओएलईडी राख्ने वा माइक्रोएलईडी स्क्रीन राख्ने भनेर निर्णय गरिसकेको छैन् । कम्पनीले माइक्रोएलईडीको लागि आफ्नै उत्पादन प्लान्ट लगाउने बताईएको छ।

यो फोल्डिङ आइफोनको डिजाइन र यसको विकासबारे भने हालसम्म कुनै जानकारी दिईएको छैन। तर यसमा दुई किसिमका डिजाइनहरु हुनसक्ने अनुमान गरिएको छ । जसमा अहिलेको आईप्याडको जस्तो हुने वा फ्लीप फोनको जस्तो हुने भन्ने दुई पक्षहरु रहेका छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.