Nepal's No. 1 Digital Newspaper

बालमनाेबिज्ञान, माअेाबादि युद्ध र रुकुम राेल्पा

०४ मंसिर, लिस्वाेन पाेर्चुगल जब म कक्षा ७ मा पढ्थे तब पहिलोपटक माअेाबादि भन्ने नाम सुनेकाे थिए । माअेाबादिकाे आफ्नै भाषामा भन्दा जनयुद्ध चरमउत्कर्षमा चलिरहेकाे थियाे । हत्या, हिङ्सा, लुटपाटमा, निरन्तर चलिरहेकाे थियाे । उनिहरुकाे बिरुद्ध चुईक्क बाेल्ने अबस्था थिएन, त्यति बेला । उनिहरुकाे बिरुद्ध बाेल्याे, उनिहरुले भनेकाे नमान्याे कि उनिहरु सिधै भन्थे रुकुम राेल्पा पुर्याउछाै ।

बुढिआमाकाे सरकार आएन, जिबनधान्न कै लागि जिवनभर काधमा हलाे र जुवा बाेकिरहेका हलिदाईकाे सरकार आएन,
त्यहि लडाइ लडेका पुर्वमाअेाबादि लडाकुहरुकाे सरकार आएन, सरकार आयाे त केबल प्रचण्ड र खड्कप्रसादकाे सरकार आयाे,
अझ हुँदै गर्दा त बिचरा नेपाली कम्युनिस्ट आन्दाेलनका नायक क. प्रचण्ड कै सरकार आएन

Order Now: 98510-87891

खै के थियाे रुकम राेल्पा मलाई त्यतिबेला पनि थाहा थिएन र अहिले पनि छैन । गाउँघरमा उनिहरु आए भन्ने सुनेपछि हरेककाे घरमा मिठाे चाेखाे पाक्थ्याे, राम्रो अेाछ्यान लाग्थ्याे, त्याे धेरै बाध्यता र थाेरै रहर थियाे त्यतिबेला गाउलेकाे । कतिलाई रुकुम राेल्पा पुग्नुपर्ने भुतले खाईसकेकाे थियाे जुन बाध्यता थियाे भने कतिलाई तिनिहरुकै नाम बेचेर लाभ लिनु थियाे जुन रहर नै थियाे हाेला उनिहरुकाे । चाहे बाध्यता हाेस चाहे रहर, उनिहरुकाे आगमनलाई निकै ससम्मान आथित्यता गराईन्थाे मिठाे भाेजन र राम्रो अेाछ्यानका साथ ।

मेराे घर पनि उनिहरुकाे खाने बस्ने अड्डाहरु मध्ये एक थियाे । मेराे घरमा पनि उनिहरुकाे राम्रै सत्कार हुन्थाे । हामिलाई भन्दा उनिहरुकाे लागि बेग्लै बिशेष पाक्थ्याे भान्सामा । त्याे मेराेे परिवारकाे रहर थियाे या बाध्यता म आजसम्म छुट्टाउन सकेकाे छैन । हाम्राे परिवारकाे कुनै सदस्य न त माअेाबादि कार्यकर्ता बन्याे नत कुनै लाभ लियाै सायद त्यतिखेरकाे त्याे सत्कार बाध्यता नै थियाे हाेला ।

दिनकाे २४ घण्टामध्ये जुनसुकै बेला पनि आउनसक्थ्ये उनिहरु । हामी जतिबेला पनि तयार रहनुपर्थाे उनिहरुकाे सेवाकाे लागि । हरेकदिन जसाे केन्द्रीय देखि स्थानिय नेता कार्यकर्ताहरुकाे आवतजावत भइरहन्थाे हाम्राे घरमा । मलाई याे जाबाे फुच्चे भनेर हाेला आफ्ना नितान्त गाेप्य कुराहरु पनि गर्थे मेराे अगाडि नैै। मेराे परिवारकाे कुनैपनि सदस्य न त त्यति बेला कम्युनिस्ट थिए न त अहिले छन । मलाई उनिहरुका कुराहरुले निकै मन छुन्थ्याे । उनिहरुले भन्ने गरेकाे पुजिपति र सर्वहारा गरिबहरु बिचकाे बिभेदकाे अन्त्य, आम नागरिहरुकाे आफ्नै सरकार आदि ईत्यादि ।

म क्रमश: उनिहरुका बिचार र ब्याबहार प्रति आकर्षित हुँदै गईरहेकाे थिए । मेराे बालमनाेबिज्ञानले उनिहरु प्रति बिस्वास निकै गरिरहेकाे थियाे । उनिहरुका नेता देखि कार्यकर्ताहरु प्रायःजसो सम्वादहरु म निकै ध्यानपुर्वक सुन्थे । मलाई लाग्थ्यो यिनिहरु सच्चा देश र जनताकाे लागि जिवनकाे आहुति दिएर हिडेका हुन । यिनिहरुकाे स्वार्थ भनेकै गरिब निमुखा र सर्वहारा हरुकाे हित नै हाे । मलाई पनि कता कता लाग्न थालेकाे थियाे म पनि यिनिहरुकै सहयात्री बन्नु पर्दछ ।

सायद मेराे कक्षा ९ काे अन्त्य तिर हाेला । हिन्दु परम्परा अनुसार मलाई ब्रतबन्ध गरि मन्त्र सुनाउने आदरणिय गुरुलाई मैले गुमाउन पुगे । हाम्रो हिन्दु परम्पराले बुवाआमा भन्दा पनि गुरुलाई बढ्ता सम्मान गर्ने र गुरुकाे मृत्युु पश्चात् चेलाले केही धार्मिक कर्महरु गर्नुपर्ने कुरा मेराे बुवाआमाले बताउनु भयाे र म पनि साेहि अनुसार गर्नुपर्ने भयाे ।

बावुआमा जिवितरहेकाे बेला गुरुकाे लागि गरिने कर्म बमाेजिम मैले ३ दिनसम्मकाे लागि म उक्त कर्म कसैसङ्ग नछाेईकन हिन्दुबिधिबिधान अनुसार शुरुगरेकाे पहिलाे दिनकाे करिब रातकाे ९/१० बजेतिर माअेाबादि कार्यकर्ताहरु हाम्रो घरमा सदाझै आए । मेराे बुवाआमाले म उक्त कार्यगरिरहेकाे बताउनुभएकाे थियाे तर उनिहरुले मेराे कार्यलाई बाधा पुग्ने गतिविधिहरु म प्रति गरेे जुन मेराे लागि असैह्य थियाे । बिचरा म उनिहरुकाे के नै प्रतिकार गर्न सक्थे र । उनिहरु त्यतिबेला गाउँमा राजामहाराजा भन्दा ठुला थिए ।

उनिहरुकाे नाम के हाे ? घर कहाँ हाे ? आदिईत्यादि थाहा नपाईकनै सम्मान गर्नुपर्ने थियाे ।उनिहरुकाे जयजयकार गर्नुपर्ने थियाे । अन्यथा रुकुम राेल्पाकाे लागि तयार हुनुपर्ने थियाे मलाई । म पनि सायद त्यहि रुकुम राेल्पाकाे भुतले राम्रै डराएकाे थिए । हुन त तत्कालिन अबस्थामा मैले जे भाेगे त्याे सामान्य नै हाे जस्ताे लाग्छ हाेला तपाईहरुलाई तर मेराे बालमस्तिष्कले निकै ठुलाे रुपमा लियाे त्याे घटनालाई । त्याे दिन देखि मेराे मस्तिष्कमा माअेाबादि प्रतिकाे बिस्वास पुरै मेटियाे ।

उनिहरुप्रति कुनै प्रकारकाे माया ममता बाँक रहेन म मा । त्याे दिनदेखि म उनिहरुका बाँकी क्रियाकलापहरुलाई चनाखाे भइ नियाल्न थाले । उनिहरुका आर्थिक पारदर्शिता, विपरीतलिङ्गी सहकर्मी सङ्गकाे ब्याबहार, उनिहरुमा रहेकाे दम्भ, लाेभ चाल आदि सबै देख्नथाले उनिहरुमा । मैले उनिहरुमा याे भन्दा निकै ठुलाे क्रुरता, कुण्ठा, अमानवीयता देखे । याे भन्दा बढ्ता धेरै देेेेखे उनिहरुमा जुन म ब्याख्या गर्नै सक्दिन र चाहन्न । कति नेपालीकाे मृत्यु भयाे, कति नारिहरु बिधुवा भए, कति बालबालिका टुहुरा भए, कति घरबार बिहिन भए, कत्ति अपांग भए, बस याे सबै आम नागरिकहरुमा भयाे । तत्कालीन माअेाबादिका नेता का छाेराछाेरिहरु कति अमेरिका भारत र नेपालमा पढे कति डाक्टर ईन्जिनियर प्राेफेसर भए र हुदैछन । तर बिचरा आम नागरिकका छाेरा छाेरी हैट याे बुर्जुवा शिक्षा भन्दै युध्दमा हाेमिए ।

खै के खै के, याे त नेतालाई आयाे, जनतालाई तँ “काैवालाई बेल पाक्याे हर्ष न विस्मात”

युध्दमा हाेमिएका र अपांग भएका पुर्वमाअेाबादि कार्यकर्ताहरु मागेरै जीवन निर्वाह गर्दै छन भने हात खुट्टा जाेगाउन सफल कार्यकर्ताहरु अरबकाे खाडिमा पसिना बेचिरहेका छन । धन्य भगवान बेलैमा मलाई सध्दबुध्दि दियाै र त्यहि बुर्जुवा शिक्षा पढे र यत्तिकाे लेख्न सक्ने भए । अन्यथा कि त अपांग भएर कचाैरा लिएर जीवन निर्वाह गर्नुपर्ने थियाे कि त अरबमा पसिनाा बेच्नुपर्ने थियाे हाेला ।

दुर्भाग्य यति कुरा भाेग्याै, देख्याै र पनि अझै बिस्वास गरिरहेका छाै तिनिहरुलाइ नै । भन्ने गरिन्छ , तिनिहरु कै कारण दशमा यत्राेबिधि परिवर्तन आयाे, राजा फालियाे, गणतन्त्र आयाे, जनताकाे सरकार बन्याे । खै के खै के, याे त नेतालाई आयाे, जनतालाई तँ “काैवालाई बेल पाक्याे हर्ष न विस्मात” जस्तै भयाे । देशमा रहेका दुखि गरिब, असहाय काे आफ्नाे सरकार आएन ।

अरबमा पसिना साटिरहेकाे युवाकाे सरकार आएन, युराेपमा भाडा माझिरहेकाे युवाकाे सरकार आएन, खाडिमा जागिर कै लागि आफ्नाे अस्मिता बेच्न बाध्य भएकि चेलिकाे सरकार आएन, साईलि ४० कटेसि रमाउला भन्दै मुग्लान पसेकाे साईला दाईकाे सरकार आएन, प्रदेशियका सन्तानकाे सुर्ताले लामाे सुस्केरा तानेर प्रदेशिकाे बाटाे।

बुढिआमाकाे सरकार आएन, जिबनधान्न कै लागि जिवनभर काधमा हलाे र जुवा बाकिरहेका हलिदाईकाे सरकार आएन, त्यहि लडाइ लडेका पुर्वमाअेाबादि लडाकुहरुकाे सरकार आएन, सरकार आयाे त केबल प्रचण्ड र खड्कप्रसादकाे सरकार आयाे, अझ हुँदै गर्दा त बिचरा नेपाली कम्युनिस्ट आन्दाेलनका नायक क. प्रचण्ड कै सरकार आएन ।

जय देश जय नेपाल


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.