Nepal's No. 1 Digital Newspaper

उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित

०४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा रोक्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् ।

उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन गैरकानुनी भएको भन्दै स्थगन गर्न माग गर्दै प्रशासनमा निवेदन दर्ता गराएका छन् ।

Order Now: 98510-87891

उनले राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने भन्दै आगामी निर्वाचनसमेत अवैधानिक जनाएका छन् । उक्त ऐनमार्फत दर्ता भएको संस्थामा प्रतिनिधिहरूको पदावधि सकिएपछि निर्वाचन हुने बेलासम्म तदर्थ समिति गठन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले निवेदनमा सदस्यहरूको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायत पनि लगाएका छन् । उनले कुन जिल्लाको निर्वाचन नगरिएको भन्ने उल्लेख गरिएका छैनन् ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.