Nepal's No. 1 Digital Newspaper

चन्द्रयात्राको पछिल्लो तयारी

२ मंसिर, एजेन्सी । नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ ।

‘आर्टेमिस’ नाम दिइएको नासाको सो मिसनअन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले अहिले तयारी गरिरहेका छन् । 

Order Now: 98510-87891

केही समयअघि नासाले चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले लगाउने ‘स्पेससुट’ सार्वजनिक गरेको गरेको थियो । उक्त अत्याधुनिक सुट विशेष रूपमा आर्टेमिस प्रोग्रामको लागि तयार पारिएको थियो । 

यो सुट पहिलेका सुटभन्दा लचिलो भएको बताइएको छ । जसका कारण अन्तरिक्ष यात्रीलाई चन्द्रमामा चट्टान टिप्नका लागि बस्न तथा हिँड्न पनि सहज हुनेछ । उक्त सुटले माइनस १५० सेल्सियसदेखि १२० सेल्सियससम्मको तामक्रम धान्न सक्छ । 

यतिमात्र हैन चन्द्रमामा बसोबास गर्न सकिन्छ भन्ने मानिसहरूको सपना पनि छ । यसलाई साकार पार्न वैज्ञानिकहरू लागि परिरहेका छन् । 

युकेको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि विद्यार्थी हाना सार्जेन्टले चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेकी थिइन् । 

आफ्नो जीवनमै चन्द्रमाको आकाशमा एउटा स्थायी आवासीय यान हुने र त्यहाँबाट मानिसहरू चन्द्रमाको सतहमा आउजाउ गर्ने कुरामा आफू विश्वस्त भएको उनले बताएकी थिइन् । नासाले मानव वस्ती सम्भावनाका लागि नयाँ परियोजना अपनाइरहेको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Comments are closed, but trackbacks and pingbacks are open.