Nepal's No. 1 Digital Newspaper

अर्गानिक काँक्रो फलाएर तीन लाख कमाई

०२ मंसिर, सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–७, राजघाट बिहानी चौकका एक परिवार काँक्रो खेती गरेर मनग्य आम्दानी गर्न सफल भएको छ ।

टनेलभित्र थोपा सिँचाईको माध्यमबाट अर्गानिक काँक्रो फलाएर स्थानीय दीपेन्द्र मैनालीको परिवार लोभलाग्दो आम्दानी गर्न सफल भएको हो । मैनालीको परिवारले २०७० सालदेखि करिब साँढे एक कठ्ठा जग्गामा चारवटा टनेल बनाएर व्यवसायिक रुपमा बेमौसमी काँक्रो खेती गर्दै आइरहेको छ । यो खेतीबाट सबै खर्च कटाएर बार्षिक न्यूनतम तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको मैनालीले बताए ।उत्पादित काक्रो घरबाटै बिक्री हुन्छ ।

Order Now: 98510-87891

काठमाडौंमा साथीहरुसँगै मिलेर केही समय थोपा सिँचाईमार्फत अर्गानिक खेती गर्न सिकेर गाउँ फर्किएका मैनालीले परिवारसँग मिलेर गरेको काँक्रो खेती अहिले यस क्षेत्रमा नमूना बनेको छ । आफूले स्थानीय सरकारहरुसँग समन्वय गरी सर्लाहीकै विभिन्न पालिका र छिमेकी जिल्लामा समेत पुगी किसानलाई प्राविधिक सरसल्लाह र प्रविधि फैलाउँदै हिँड्ने गरेको मैनालीले बताउनु भयो।

बाहिरी रासायनिक मलखाद र औषधि प्रयोग नगरी आफैले घरमा बनाएको जैविक विषादीको प्रयोग गरेर काँक्रो खेती गर्दै आएको दीपेन्द्रका बुवा प्रेमप्रसाद मैनालीले बताए ।

उनका अनुसार थोपा सिँचाई मार्फत खेती गर्न एउटा टनेल निर्माण गर्दा २० हजार रुपैयाँ लागत लाग्छ।आफूहरुले आठ वर्षअघि २०७० सालमा बनाएको टनेलभित्र फागुनमा लगाएर नयाँ वर्षका लागि बैशाखमा, असारमा लगाएर तीजका लागि भदौमा र भदौ अन्तिममा लगाएर दशैँ तीहारका लागि काँक्रो फलाउँदै आएको मैनालीले बताए ।

मैनालीको टनेलमा अहिले तीहार तथा छठका लागि काक्रो तयारी अवस्थामा रहेका छन्।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.