Nepal's No. 1 Digital Newspaper

‘जवानी ताजा ताजा छ’ भन्दै आईन उषा उप्रेती ( भिडियो )

०१ मंसीर, काठमाडौं । न्युयोर्कमा सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

Order Now: 98510-87891

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन्। रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्।

भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन्।

भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.