Nepal's No. 1 Digital Newspaper

दाजुभाइमा तिहारको सम्झना

✍️ तारा पौडेल

०१ मंसिर, बेलायत

फुलका थुगा फक्रिदै जादा आगनै भरिन्छन्।
तिहारको बेला नयन भरी दाजुभाइ झल्किन्छन्।।

जोर कलस लिइ जलमा भरी राख्ने छु ढोकामा।
भर्चुल टीका लागाइ बसौ यस पटक तिहारमा।।

दाजु र भाइ, दिदिबहिनी बसेर तिहारमा।
जुवा र तास खेलेको याद आउछ नि दिलमा।।

रमाइलो हुन्छ झिलि र मिली बत्ती नै बालेसी।
तिहारको बेला देउसी र भैलो आगनमा खेलेसी।।

फुलेका छन नि मखमली फुल घरका आगनमा।
मिलेन क्षण लगाइ दिन भाइको गलामा।।

चारकुना छेकी तेलका धारा बगाइ ढोकामा।
रंगिन टीका सजाई मैले चादीको थालमा।।

धानका बाला लरि र बरि देखिन्छन खेतमा।
ओखर फोर्न पाइन नि मैले भाइको साथमा।।

नलागोस रोग, नपरोस् पिर, कहिल्यै कसैमा।
नाआउन बाधा, लम्कनु सधै उन्नति पथमा।।

नरोकुन बाटो कसैले भाइको काडाले नघोचोस्।
हसिलो मुहार नपरोस पिर, र शिर नझुकोस्।।

लक्ष्मीपुजा गरे नि मैले औसिको रातमा।
सुख र शान्ती सधै मिलोस सबैलाई जिवनमा।।

बाटो है कुरि नबसे भाइ यस पटक तिहारमा।
आशिर्वाद दिदैछु मैले तिहारको बेलामा।।

खेल्नु है पिङ खानु है सेल बसेर घरैमा।
आशा है गरुम मिल्ने छ भेट्न अर्को साल तिहारमा।।

सेलका रोटि घुमाइ फन्को घरको चुलोमा
कोसेली पात किस्तिमा बोकि मै आउला माइतमा।।

तारा पौडेल
बेलायत


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.