Nepal's No. 1 Digital Newspaper

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव

३० कात्तिक, काठमाडौँ । नेपालमा रासायनिक मल कारखानाको सम्भावना रहेको निष्कर्ष  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  निकालेको छ । तत्कालिन सचिव राजेन्द्र भारीको संयोजकत्वमा रासायनिक मल कारखानाको सम्भाव्यतामा अध्ययन कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले नेपालमा बिजुलीको प्रविधिबाट मल कारखाना स्थापना तथा संचालन सम्भव भएको प्रतिवेदन बुझाएको छ । यसका साथै, बायोमास  ग्यासिफिकेसन  तथा जलविद्युत्तीयहाइब्रिड प्रविधिबाट पनि नेपालमा रासायनिक मल संचालन गर्ने सकिने  सुझाव प्रतिवेदनमा उल्लेखित छ ।

Order Now: 98510-87891

यस वर्ष मल अभावसँगै चर्को आलोचना खेपेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही महिना अघि नेपालमा रासायनिक मल कारखाना स्थापनाको अध्ययनका लागि तत्कालिन सचिव राजेन्द्र भारी नेतृत्वको कार्यदल गठन गरेको थियो ।

यस अघि तत्कालिन सचिव राजेन्द्र भारीले अवकाश अघि एक चरणको अध्ययन मन्त्री भुसाल समक्ष प्रस्तुत गरेका थिए । हाल जलविद्युत आयोजनामा संख्यात्मक वृद्धि भएको कारण भविष्यमा विद्युत उत्पादन बढेमा मात्र उक्त प्रविधि अपनाउन सक्ने विधि पनि उक्त प्रतिवेदनमा उल्लेख गरेको थियो ।

सो समय मन्त्री भुसालले रासायिनक मल कारखानाको थप अध्ययनको लागि अघि बढ्ने प्रतिक्रिया कार्यदललाई दिएका छन् । भने, हालको प्रतिवेदन अनुसार, नेपालमा  स्वदेशी बिजुलीको माध्यमबाटै रासायनिक मल कारखाना सम्भव भएको जानकारी आएको छ ।

के के थिए यस अघिको अध्ययनमा ?

सन् १९८४ मा जापानी संस्था जाइकाले रासायनिक मल कारखानाको लागि नेपालमा अध्ययन गरेको थियो । उक्त अध्ययनले इलेक्ट्रोलाइसिस (विद्ययुत) प्राविधिको माध्यमबाट हेटौंडा औद्योगिक क्षेत्र भित्र १० हेक्टर जग्गामा ‘प्लान्ट’ स्थापना गर्ने सकिने देखाएको थियो ।

उक्त अध्ययनले ९० हजार मेट्रिक टन रासायनिक मल उत्पादन हुने सम्भावना अनुसन्धानमाफर्त दर्साएको थियो । 

त्यसै गरी, सन् २०१६ लगानी बोर्डले पनि अध्ययन रासायनिक मल कारखाना सम्भाव्यताको अध्ययन गरेको थियो । ‘नेचुर ग्यास’, ‘कोइला’ र ‘इलेक्ट्रोलाईसिस’ जस्ता विधिबाट कारखाना स्थापनाको सम्भाव्यता देखाएको थियो ।

‘नेचुरल ग्यास’ विधि वर्तमान परिस्थितिमा पनि उपयुक्त रहने तर, यसको लागि भारतबाट पाइपलाइनमा ल्याउनु पर्ने हुन्छ । जसको कारण सोतह भारतमा परनिर्भरता बढ्नेछ । यसका साथै, कारखानाको कुल लगानीको ७० प्रतिशत पाइपलाइनमै खपत हुनेछ । जुन नेपालको लागि नाफाजनक देखिँदैन । 

लगानी बोर्डको अध्ययन अनुसार, ढल्केवरमा एक सय ६० हेक्टर क्षेत्रफलमा कारखाना स्थापना गर्ने सकिने प्रतिवेदनमा पेश थियो । यद्यपि, सो समय नेपाल चरम लोडसेडिङको समय भएको कारण ‘ नेचुरल ग्यास’ विधि अपनाउन सुझाव दिएको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.