Nepal's No. 1 Digital Newspaper

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

२५ कात्तिक, काठमाडौं । नेपालय प्रकाशनले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा सार्वजनिक ‘कोशीको कथा’लाई पुन: प्रकाशित गरेको छ। मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह उक्त कृति पहिलो पटक २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रकाशित गरेको थियो।

यस पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ। त्यस्तै कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्छ।

Order Now: 98510-87891

कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन्। कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन्।

‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन। दशकौपछि पुस्तक पाठकसामु आएकोमा खुशी छु’, किताबका बारेमा लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्।

यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो।

सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रीम कमाण्डर ‘ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोईराला सोभन्दा अगाडीदेखी नै साहित्यकारका रूपमा परिचित थिए।

अन्वेषणात्मक र निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि स्ं २०११ सालको कोशी – सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन्।

कोशी सन्धी कोइरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो। प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुबै देखे।

नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट-अफ-प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ।

यही शृङखला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभुकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ।

‘कोशीको कथा’ पुस्तकलाई थुप्रै डट कममार्फत् पनि किन्न सकिन्छ। र, अमेजनमा पनि उपलब्ध छ।

सात सालको क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रिम कमाण्डर’ तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।

प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिमाथि लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो ।

कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर २०११ सालको कोशी-सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी-सन्धि कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादास्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभीषिका दुवै देखे ।

कोइरालाका आँखाबाट देखिएका कोशीका कथा समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छँदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।

यो पुस्तक पहिलोपल्ट २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठानबाट प्रकाशित भएको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.