Nepal's No. 1 Digital Newspaper

कार उत्पादक टेस्लाले बिहिबार ‘टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक, बोटलको २५० डलर

२३ कात्तिक, एजेन्सी । झट्ट सुन्दा ठट्टा जस्तो लाग्न सक्छ, स्पेश तथा विलासी विद्युतीय कार र टनेल बोरिङ ट्रान्सपोर्टेशन भेन्चरका कारण संसारले चिनेका उद्यमी एलन मस्कले मदिरा पनि बेच्न शुरु गरेका छन् । तर यो सत्य हो ।

यसअघि पनि गर्मीको पहिरन ‘सर्ट्स’ र क्यापका साथै गनको डिजाइनमा ‘फ्लेम थ्रोअर’ (आगोको मुस्लो फ्याँक्ने हाते उपकरण) समेत उत्पादन गरेका मस्कलाई ती उत्पादन ल्याउने घोषणाका लागि अधिकांशले ‘क्रेजी आन्ट्रप्रेनर’ समेत भनेका थिए ।

Order Now: 98510-87891

उनले टनेल बोरिङ ट्रान्सपोर्टेशनसम्बन्धी ‘द बोरिङ कम्पनी’ को ब्रान्ड नाममा ‘फ्लेम थ्रोअर’ बिक्री गरेका थिए । बोरिङ ब्रान्डमै ५० हजार क्याप उत्पादन गरेर बिक्री गरेका मस्कले सर्ट्स पनि सीमित संख्यामा बजार पठाएका हुन् ।

मस्कको विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ‘टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको हो । टेस्लाका सीईओ मस्कले उपभोक्तासँग दुई वर्षअघि गरेको बाचा अनुसार बिहिबार ‘टेस्ला टकिला’ लञ्च गरेको बताइएको छ ।

उनले सन् २०१८ मै ट्विटरमा ‘टेस्लाकिला’ ब्रान्डमा चाँडै आउँदैछ भन्ने आशयको पोस्ट गरेका थिए । यद्यपि मस्को त्यो पोस्ट अप्रिल फुलका दिन भएकाले अधिकांशले त्यसलाई ठट्टाका रुपमा लिएका थिए । त्यसबखत उनले टेस्ला टकिलाको सम्भावित बनोटको फोटो पोस्ट गर्दै सीएनबीसीलाई ट्विट रिप्लाई दिएका थिए ।

यद्यपि, विहिबार सार्वजनिक टेस्ला टकिलाको बोटलको त्योभन्दा भिन्न आकारमा आएको छ । बिजुली चम्किँदाको जस्तो आकार (लाइट्निङ-सेप्ड) मा सुनौलो रंगको बोटलमा टेस्टाले ल्याएको यो टकिला टेस्लाका अन्य उत्पादनजस्तै प्रिमियम रहेको छ ।

७५० मिलिलीटर बोटलको २५० अमेरिकी डलर मूल्य राखेर सार्वजनिक टेस्ला टकिला यसले आफ्नो वेबसाइटमा राखेको एक घन्टाभित्रै सबै बिक्री भइसकेको सूचना राखेको थियो ।

यद्यपि, यो कति परिमाणमा उत्पादन गरेको हो भन्ने खुलाइएको छैन । तर, दुई बोटलभन्दा बढी अर्डर गर्न नपाइने र निश्चित अमेरिकी शहरहरुमा मात्र उपलब्ध हुने जनाउँदासमेत यो अत्यन्त चाँडै बिक्री भएको थियो ।

मस्कले दुई वर्ष लगाएर पूरा गरेको यो परियोजनाका लागि विश्वको चर्चित मदिरा उत्पादक ‘नोसोट्रोस टकिला’ (साउदर्न क्यालिफोर्निया) ले उत्पादन गरेको हो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.