Nepal's No. 1 Digital Newspaper

हिजो र आजमा फरक ( गद्यकविता )

२३ कात्तिक, काठमाडौं । हिजो र आजमा फरक ( गद्यकविता )

हिजो र आजमा फरक
हिजो म तिमीसँग खेल्थेँ
तिमी मसित खेल्थ्यौ
आज म शब्दसँग खेल्दै छु
हिजो म तिम्रो विचार र भावनासित खेल्थेँ
तिमी मेरो विचार र भावनासँग खेल्थ्यौ
आज म वाक्यसित खेल्दै छु ।
हिजो म तिम्रो शरीरसँग खेल्थेँ
तिमी मेरो शरीरसँग खेल्थ्यौ
आज म भाषा र साहित्यसँग खेल्दै छु ।

Order Now: 98510-87891

त्यो तिम्रो र मेरो खेल
प्रकृतिको भन्दा रमाइलो खेल थियो
कहिले वादल बनेर
कहिले घाम बनेर
कहिले वर्षा बनेर
कहिले बसन्त र शरद बनेर
त्यो भाग्यको खेल थियो
कर्मले डोर्याएको थियो
संयोग र सम्झौता नै थियो कि क्या हो पूर्वजन्मको ।

साँच्चै , वियोगले साहित्य जन्मियो
स्रष्टा जन्मायो , द्रष्टा जन्मायो
रोइरहेका आँखाले सत्य बोल्यो
मुस्कुराइरहेका ओठले झूट
त्यसैले त हिजो म तिमीसँग खेल्थेँ
तिमी मसित खेल्थौ
विचार , भावना र शरीरसँग खेल्थ्यौँ
आज शब्द र वाक्यसित खेल्दै छु
तिमीबिना बाँच्न सक्दिन भन्ने मुटु
हिजोआज के गर्दै छ ?

त्यो प्रणय लीलाको खेलमा
न तिम्रो जित भयो न मेरो हार
न मेरो जित भयो न तिम्रो हार
जितहार त खेलको नियमानुसार हुनुपर्ने हो
कथावस्तु बराबरीमा अन्त्य भयो
यही हो प्रेमको नयाँ आयाम
अदृश्य भगवान पनि मुस्कुराए मात्र
जित र हारको दोसाँधमा रहेको प्रेम देखेर ।

त्यसैले त हिजोआज म शब्द र वाक्यसँग खेल्दै छु ।

रचना : लक्ष्मीप्रसाद ढकाल
झापा , तोपगाछी क्याम्पाबजार
हाल भक्तपुर , दधिकोट


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.