Nepal's No. 1 Digital Newspaper

‘माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले क्षतिपुर्ती दिएन’ – स्थानीयबासी

यस अबस्थामा पुगियाे, न स्थानीयले हेर्याे, न राज्यले हेर्यो नत, भोटेकोशी जलविद्युत् कम्पनीले नै हेर्याे।

२० कार्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निजी क्षेत्रको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीयबासीलाई क्षतिपुर्ती नदिएको भन्दै बिरोध जनाएका छन् । आयोजनाले पहुँचको आधारमा वास्तविक पिडितलाई छुट्याएर नक्कलि पिडितलाई क्षेतिपुर्ती दिएको स्थानीयको आरोप छ।

२०७६ माघ ८ गते भोटेकोशी जलविद्युत् कम्पनी प्रा.लि. सोल्टीमोड रहेको कम्पनिमा क्षेतिपुर्तिको लागि निवेदन दर्ता दिन गइन।

Order Now: 98510-87891

उनलाई सुरक्षा निकायले ४ घण्टा भन्दा बढि गेटमा नै अलमलाए।
उनिसँग कसैले पनि खाँसै कुराकानी गर्न नचाहेको र जबर्जस्ती आफ्नो निबेदन पेस गरेको तितो अनुभव सुनाउछिन् । अदालत जानू हामी दिन सक्दिनौ भनेर एक कर्मचारीले धम्की भाषामा आफुलाई व्यबहार गरेको गुनासो गरीन् ।

“हामीहरुलाई त घर न घाटको बनाइदियो हजुरः पिडित कार्साङ्ग तमाङ्ग ।

भोटेकोशी जलविद्युत् कम्पनी प्रा.लि. मा क्षेतिपुर्तिको लागि निवेदन दर्ता

कारसांङ तमाङ्ग श्रेष्ठले भोटेकोशी जलविद्युत् कम्पनी प्रा.लि. मा पेश गरिएकाे निबेदन
स्थानीय पिडित महिलाले बिभिन्न निकाय र आफ्नै भोटेकोशी गाउँपालिकामा पनि हार गुहार गरिन तर कतैबाट उनको आवाजको सुनाइ भएन।

भोटेकोशी गाऊपालिका वडा नं. ४ फुिल्पडकटी

कारसांङ तमाङ्ग श्रेष्ठले पेश गरेको निबेदन भोटेकोशी गाऊपालिका वडा नं. ४ फुिल्पडकटी स्थित हिन्दिमा नंं ६७० मा रहेको ०-१०-०-० र कित्ता नं ६८३ मा रहेको ०-१-०-० जम्मा ०-११-०-०( एघार आना जग्गा मध्ये घर पछाडि रहेको र जग्गा मिति २०७३ साल आषाढ २१ गतेका दिन भोटेकोशी जलविद्युत् कम्पनीको ड्याम फुटी आएको बाढीले बगाएको हुदा घरमा समेत क्षेतिपुर्याई बस्न नसकने अबस्थामा रहेको जानकारी गराउँदै घरको अवलोकन गरी उचित क्षेति पुर्तिकाे माग गरेकी छिन्।

भोटेकोशी जलविद्युत् कम्पनीको ड्याम फुटी आएको बाढीले बगाएको जमिन लालपुर्जा

माथिल्लो भोटेकोशी जलबिद्युत आयोजना
डेढ वर्षदेखि पुनर्निर्माण भइरहेको निजी क्षेत्रको ठूलो जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ ब्युरोले ‘फास्ट ट्र्याक’ मार्फत सम्पन्न गरेको हो। ‘आयोजनाको ९८ प्रतिशत काम सकिसकेको छ, बाँधस्थलभन्दा केही माथिल्लो साइड र मर्मतसम्भारको दुई प्रतिशत काम मात्रै बाँकी छ,’ उनले भने । झन्डै नयाँ जलविद्युत् आयोजना बनाए बराबरकै ७ अर्ब बराबरको लागतमा आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो ।

माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना

आयोजनाको १३२ केभी विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएपछि पूर्ण क्षमताको ४४ मेगावट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनले उल्लेख गरे । ‘१० महिना भयो, ४० देखि ४४ मेगावाट विद्युत् उत्पादन गर्दै आयोजना प्रसारण लाइनमा जोडिएको छ, अब प्राकृतिक र अन्य अवरोध सबै समाधान भइसकेकाे छ।

कोदारी राजमार्गको दसकिलोस्थित बाँधस्थल ‘डिसआन्डर वाल’ पर्खाल र ३ दशमलव ३ किलोमिटर सुरुङको पुनर्निर्माण पछि प्राविधिक रूपमा बलियो बनाइएको छ । पेनस्टक पाइप र जेनेरेटरका सम्पूर्ण मर्मतसम्भार सकेर हेडवर्क्स, इलेक्ट्रोमेकानिकल भागका काम सबै सकाइएको छ ।
यसअघि चीनको खासा र कुतीको बीचको छेपसाङमा पहिरो आई थुनिएर आएको भोटेकोसीको बाढीले आयोजनाको बाँधस्थलमा बालुवा थेग्य्राउने पर्खाल र इलेक्ट्रोमेकानिकल भाग ध्वस्त बनाएको थियो ।

चीनको खासा र कुतीको छेपसाङबाट पहिरो आई भोटेकोसीको ड्याममा क्षेति

भूकम्पबाट झन्डै तीन अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको आयोजनाको ८५ प्रतिशत काम सकिसक्दा बाढीले तहसनहस बनाएको थियो ।

तत्कालीन चीनको खासा र कुतीको बीचको छेपसाङमा पहिरो आई भोटेकोसीको ड्याम थुनिएर स्थानीय बासीको घरबास उठेको थियो।

माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाका कार्यकारी निर्देशक: बिक्रमरत्न स्थापित

  • माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाका कार्यकारी निर्देशक बिक्रमरत्न स्थापित भन्नु हुन्छ। भोटेकोसीले स्थानीयबासीको मागहरु स्थानीय स्तरमा सल्लाह गरेर धेरै जसो पूरा गरेको छ।
  • हुने खाने र बोलवाहरुलाई त सहयोग गर्नुभयो। तर पिडितले पाएन? त्यसमा कुनै सत्यता नभएको कार्यकारी स्थापितले भन्नु हुन्छ ।
  • कारसाङं तामाङ्ग श्रेष्ठले मिति २०७६ माघ १० गते माथिल्लो भोटेकोशी जलबिद्युत आयोजनाका कार्यालय सोल्टीमोड काठमाडौमा निबेदन दर्ता लिन नमानेकाे, ४ घण्टा पछि एक कर्मचारीलाई जबरजस्ती थमाएको पिडित कारसाङं तामाङ्ग श्रेष्ठको गुनासोमा छनि? त्यस बिषयमा मलाई जानकारी नभएको र बुझ्नु पर्ने बताउनु भयो ।
  • पिडितको ११ आना जग्गा मध्य ८ आना जग्गा भोटेकोशीले बगायो बाँकी ४ आना जग्गा मात्र छ भन्ने कुरा छ? भन्ने प्रस्नमा फुल्पिङकटी ४ साबिक गा. बि. स. अहिले भोटेकोशी गाउँपालिका पर्छ । जहाँ सम्म मलाई लाग्छ त्यस क्षेत्रमा हामीबाट धेरै सरसहयोग भएको छ ।
  • ड्याम फुटेको होईन? यहाँलाई प्रस्ट पारौ । सर्ब प्रथम् त चाईनाबाट आएको बाढिलाई हाम्रो ड्यामले रोक्यो । प्राकृतीक प्रकोपलाई कसैले रोक्न सकेको छैन र रोक्न सकिदो रहेनछ । तै पनि हजुरले उठाउनु भएको प्रश्नलाई मध्य नजर गर्नु पर्छ ।
  • नेपाल सरकारको जलबिद्युत ऐन कानुन बमोजिम बातावरणीय प्रभाबलाई न्यनीकरण गर्न र प्रभाबित क्षेत्रमा स्थानीयहरु सङ्ग मोनिटरङ्गि गरेर आयोजनाले काम गरिरहेको कार्यकारी स्थापितले बताउनु भयो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.