Nepal's No. 1 Digital Newspaper

बलिउड अभिनेत्री काजल अग्रवालको विवाह

१६ कार्तिक, मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन्।

काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो। कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट थियो ।

Order Now: 98510-87891

यसैबीच काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ। सो तस्बिरमा काजलले रातो रङको लेहंगा, शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छन्।

३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’बाट डेब्यु गरेकी थिइन्। उनी सन् २००७ मा पहिलो तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’मा देखिएकी थिइन्।

सन् २००९ मा आएको तेलुगु फिल्म ‘मगधिरा’ले उनको करिअरलाई उचाइमा पुर्‍यायो।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.