Nepal's No. 1 Digital Newspaper

पुर्बराजा देखि ‘विप्लव’ सम्मकाे चेपुवामा कम्युनिस्ट सरकार ”अन्तर द्वन्द भने कायमै”

१३ कात्तिक, काठमाडौं । नेपाली भूभाग भारतीय नियन्त्रणमा रहेको विषयमा सिङ्गो राष्ट्र तथा विश्वभरका नेपाली जनताको सङ्घर्ष र दबाब भए पनि सरकार नयाँ नक्सा प्रस्तुतिमा नै सीमित भएको आरोप ‘विप्लव’ समुहकाे छ।

तेस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद्, नेपालले बुधबार राति प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको थियाे । 

Order Now: 98510-87891

सो पार्टीले हालै भारतीय गुप्तचर प्रमुखसँग नेपालको प्रधानमन्त्रीलगायत विभिन्न नेताहरूसँगको गोप्य मन्त्रणाले राष्ट्रियताबारे थप आशङ्का पैदा भएको जनाएको छ ।

दमनको प्रतिरोध र हिंसाको प्रतीहिंसाद्धारा जवाफ दिइन्छ : नेत्रविक्रम चन्द ‘विप्लव’

सो पार्टीले प्रश्न गरेको छ

 ‘कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा लड्ने सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षागार्डलगायतलाई विशेष आर्थिक सुविधासहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्छ’।


यसैबीच भारतीय स्थलसेना प्रमुखको नेपाल भ्रमण तय भएको छ । केही समयअघि मात्र राजनीतिक र कूटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान ?

-‘तसर्थ नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपाली र शुभचिन्तकहरूको प्रभावकारी एकता र सङ्घर्षपूर्ण दबाब अनिवार्य छ,’ अपिलमा भनिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीबाट प्रताडित आमनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

सो. पार्टीले कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर्न, भ्रष्टाचारीलाई का’रबाही गर्न, भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्न पनि माग गरेको छ । प्रतिबन्धित नेकपाले कोरोनाको कहर कतिपय पहुँचवालाहरूका लागि ‘कमाउधन्दा’ बनिरहेको भन्दै कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरूलाई चेतावनीसमेत दिएको छ ।

पार्टीका तर्फबाट अपिल प्रकाशित गर्दै सो पार्टीले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशु्ल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने र कोरोनाबाहेकका अन्य बिरामीको उपचारमा भइहेको लापरबाही अन्त्य गरी औषधिको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका निम्ति सङ्घर्षरत आफ्नो पार्टीले कोरोनाका कारण उच्च किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरेको अवस्थामा समेत सरकारले पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने, मुद्दा लगाउने, शारीरिक र मानसिक या’तना दिने कार्यलाई निरन्तरता दिइरहेको आ’रोप लगाउँदै अपिलमा भनिएको छ, ‘बिरामी राजनीतिक बन्दीहरूको उचित उपचारमा बेवास्ता गरिरहेको छ ।

के भन्नु हुन्छ पूर्वराजा ज्ञानेन्द्र शाह

‘हाम्रो आहार बिहार, आचार बिचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनुरुप हुनु पर्दछ’, उनले भनेका छन्, ‘अनि मात्रै हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र सम्मृद्ध हुन सक्दछौं ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बतानु भएकाे छ ।

‘आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यत्तिवाद, समूहवाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ़ र सन्तोसजनक राष्ट्रीय परिणाम प्राप्त हुन सक्दैन’।

‘राहत, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन’, विज्ञप्तिमा भनिएकाे छ। ‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्य बृद्धि , अभाव र गुणस्तरीयतामा ह्रास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ’, उनले भनेका छन्, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ़दो छ ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.