Nepal's No. 1 Digital Newspaper

पत्रकारलाई राहत उपलब्ध गराउन अर्थमन्त्रीसँग माग

१३ कात्तिक, काठमाडौं । कोभिड १९ का कारण पेसागत र आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत सुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेल समक्ष सुझाव पत्र पेस गरेको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार प्रेस जगतका साथै राष्ट्रीय जीवनका बिभिन्न पक्षमा कोभिड १९ ले पारेको दुष्प्रभावबारे सजग रहेको उल्लेख गर्नुभयो ।

Order Now: 98510-87891

महासंघका अध्यक्ष गोविन्द आचार्यले अर्थमन्त्री पौडेल समक्ष प्रस्तुत सुझाव पत्रमा पत्रकारहरुलाई गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन सुझावहरु समेटिएको जानकारी दिनुभयो।

साथै उहाँले महासंघका सुझावहरु यथोचित रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । अर्थमन्त्री पौडेलले सरकारले प्रेस जगतसँग सहकार्य, प्रोत्साहन र सहयोगको दृष्टिले सम्बन्ध बनाउन चाहेको धारणा राख्नुभयो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.