Nepal's No. 1 Digital Newspaper

नगरपालिका मेयरकै संलग्नतामा सांघातिक आक्रमण

१३ कात्तिक, जनकपुर । महोत्तरीको मटिहानी नगरपालिकाका मेयरकै संलग्नतामा सांघातिक आक्रमण गराइएको घटना बाहिरिएको छ। उक्त आक्रमणमा परी तीनजना घाइतेसमेत भएका छन्।

मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजयादशमीका राति भएको सो- सांघातिक आक्रमणमा परी तीनजना घाइते भएका हुन्।

Order Now: 98510-87891

घाइते हुनेहरुमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका नेकपाका प्रत्यासी मटिहानी नगरपालिका वडा नम्बर ८ का ५७ वर्षिय विजय चौधरी, मटिहानी नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका वडा नम्बर ७ का ५३ वर्षीय गणेश प्रसाद साह रहेका छन्।

घाइते भएकाहरु मध्ये विजय चौधरी दुई दिनको उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भीर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

उनले भने,
‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिन सोही राति साढे १० बजे पुगेको थिएँ, फर्किँदै गर्दा हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो।’

गत कार्तिक १० गते विजया दशमीका राति मटिहानी नगरपालिका वडा नम्बर ७ स्थित दुई पक्षबीच विवाद भएको थियो। विवाद उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली  पुगेको थियो। प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीयहरुले बताएका छन्। लाठीचार्जमा परी दूबै पक्षका केही घाइते भएको स्थानीयले बताए पनि प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ।

उनले अगाडी भने, ‘घटनास्थलबाट घर फर्किँदै गर्दा नगर प्रमुखसहित २०/२५ जनाको समूहमा गाडीबाट आएर एकाएक गालामा थप्पड लगाए। शैलेन्द्र मण्डल भन्ने व्यक्तिले मेरो घाँटीमा छुरा प्रहार गरे।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीसँग घटनाबारे जानकारी लिन खोज्दा घटनाबारे अनुसन्धान भइरहेको बताए।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.